+
+

अष्ट्रेलियाविरुद्ध शुभमन गिलको शतक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते २१:०१
तस्वीर : आईसीसी

२७ फागुन, काठमाडौं । शुभमन गिलले दश हप्तामा पाँचौं शतक बनाएपछि चौथो टेष्टको पहिलो पारीमा भारतले ४८० रन बनाएको अष्ट्रेलियालाई राम्रो जवाफ दिएको छ ।

बिना विकेट क्षतिमा बनाएको ३६ रनबाट शनिबार तेस्रो दिनको खेल थालेको भारतका लागि गिलले ६२औं ओभरमा आफ्नो टेष्ट करियरको दोस्रो शतक पूरा गरे ।

एकै क्यालेण्डर इयर २०२३ मा तीनवटै फम्यार्टमा शतक बनाएका उनी अष्ट्रेलियाविरुद्ध शतक बनाउने भारतीय युवा ब्याट्सम्यान बने । १९४ बलमा १० चौका र एक छक्काको मद्दतमा शतक बनाएका गिल व्यक्तिगत १२८ रनमा आउट भए ।

उनीभन्दा अगाडि ओपनर रोहित शर्मा ७४ र चेतेश्वर पुजारा ४२ रनमा आउट भएका थिए । तर बिराट कोहलीले भारतीय पारी सम्हाल्ने संकेत गरेका छन् । तेस्रो दिनको खेल सकिँदा भारतले ३ विकेटको क्षतिमा २८९ रन बनाएको छ र कोहली ५९ रनमा क्रिजमा छन् । रवीन्द्र जडेजा १६ रनमा नटआउट छन् ।

यसअघि अहमदावादमा उस्मान ख्वाजाको १८० रन र क्यामरन ग्रिनको ११४ रनको मद्दतमा अष्ट्रेलियाले पहिलो पारीमा ४८० रन बनाएको थियो ।

चार टेष्ट म्याचको सिरिजमा भारत २–१ ले अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?