+

औषधिबाटै निको हुन सक्छ कानबाट पिप र पानी बग्ने समस्या

२०७९ फागुन  २९ गते १४:३४ २०७९ फागुन २९ गते १४:३४
Shares
औषधिबाटै निको हुन सक्छ कानबाट पिप र पानी बग्ने समस्या

कानमा पिप आउने वा पानी बग्ने आम समस्याजस्तै बनेको छ । खासमा यो किन हुन्छ ? यसको जटिलता के हो ? उपचार कसरी हुन्छ ? यो कसरी निको हुन्छ ? यावत् प्रश्न उठ्नु स्वभाविक पनि हो ।

खासमा कानमा संक्रमण भएपछि पिप र पानी बग्ने हुन्छ । यसमध्ये पनि फंगल ब्याक्टेरियल इन्फेक्सनले कानमा पिप बग्ने समस्या हुन्छ । यस्तो स्थितिमा उपचार गर्नु राम्रो हो । किनभने यो स्थिति रह्यो भने कानको जालीमा असर गर्न थाल्छ । कानको जालीमा प्वाल परेपछि कान पाक्ने समस्या हुन्छ ।

सामान्य पानी पर्दा पनि पाक्न थाल्छ । नुहाउँदा, पानीझरीमा हिंड्दा कान पाक्छ र यसले धेरै दुःख दिन्छ । कानको जाली फाटेपछि त्यसको पनि यथाशीघ्र उपचार गर्नुपर्छ । यसको उपचार भनेको औषधि र त्यसले काम नगरेमा शल्यक्रिया नै हो । तर यो साधारण शल्यक्रिया हो ।

यदि कानको जाली प्वाल परेको छ र संक्रमण भइरहेको छ भने त्यसले भित्री हड्डी खियाउन थाल्छ । यस चरणमा पुगेपछि कानको शल्यक्रिया एक मात्र विकल्प रहन्छ । त्यसैले सामान्य संक्रमणले कान पाक्ने वा पानी आउने हुँदा नै सतर्क हुनुपर्छ र उपचार गराइहाल्नुपर्छ ।

औषधिले निको हुन्छ

सामान्य संक्रमणबाट कान पाकेको हो भने यसका लागि औषधिले काम गर्छ । निश्चित अवधिसम्म औषधि खाएपछि कानबाट पिप आउन छाड्छ । तर कानको जाली प्वाल परेर जटिलता आइसकेको छ वा हड्डी खिइएको छ भने शल्यक्रिया गर्नुपर्छ ।

कस्तो औषधि ?

कानको सामान्य संक्रमणमा एन्टिबायोटिक दिइन्छ, जसले निको हुन्छ । एन्टिबायोटिक कानमा लगाउने र खाने दुवै हुन्छ । तर सबैजसो अवस्थामा यही औषधिले काम गर्छ भन्ने हुँदैन । पिप बग्नुमा धेरै समस्या हुन सक्छ र त्यस अनुरुप औषधि पनि फरक हुन्छ । त्यसैले नाक, कान, घाँटीरोग विशेषज्ञलाई देखाएर मात्र औषधि खानुपर्छ ।

हेलचेक्राइँ गरे जटिल

कान पाक्ने समस्या भएमा सामान्य औषधिबाट नै निको बनाउन सकिन्छ । तर हेलचेक्राइँ गरेमा कानको जाली प्वाल पर्ने, भित्री हड्डी खिइने जस्ता जटिलता आउन सक्छ । पछि पछि कान नै नसुन्ने स्थिति पनि हुन सक्छ ।

कानबाट पिप आउने समस्या आफैं निको हुन्छ ?

कानबाट पिप आउने समस्या आफैं निको हुन्छ त ? धेरैमा उठ्ने जिज्ञासा हो यो । कतिपयको प्रतिरक्षा प्रणाली बलियो छ भने औषधि बिना नै निको हुन सक्छ । तर यसमा ठोकुवा गर्न सकिंदैन । किनभने यस्तो स्थिति एकदमै दुलर्भ हुन्छ । त्यसैले कानमा पिप आउँछ, पानी बग्छ भने चिकित्सकलाई देखाउनु उत्तम हुन्छ ।

कानमा पानी जम्ने कारण

कानको बाहिरी, भित्री र बीच गरी तीन भाग हुन्छ । बीचको भागको चाप मिलेन भने पानी जम्ने समस्या हुन्छ ।

कान र घाँटीको बीचमा एउटा ट्युब हुन्छ । त्यो ट्युबले राम्ररी काम गरेन वा त्यसमा कुनै संक्रमण भयो भने कानको मध्य भागमा चाप मिल्दैन । यस्तो अवस्थामा पानी जम्छ ।

यसको उपचार के छ त ?

पिप र पानी जम्नुको मुख्य उपचार औषधिबाट नै गरिन्छ । यस्तो समस्या भएका बिरामीको २-३ महिनासम्म जाँच गरिन्छ । त्यसपछि पनि निको भएन वा सुनाइ धेरै कम भयोे भने सानो शल्यक्रिया गर्ने गरिन्छ । शल्यक्रियाभन्दा औषधिबाट नै निको उपचार भएको पाइन्छ ।

डा. अरुण केसी वीर अस्पतालका नाक, कान, घाँटी विभागमा कार्यरत छन् ।

‍औषधि कान पाक्ने
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

उठ्नेबित्तिकै चक्कर लाग्नु, कतै गम्भीर समस्याको संकेत त होइन ?

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

सर्लाहीमा दादुरा महामारी, १ बाटै १८ जनालाई सर्ने जोखिम

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

क्यान्सरपीडितका लागि कोष बनाउन आयोजना गरिएको १८०० किलोमिटर साइकल यात्रा सम्पन्न

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ : उमेरअनुसार कति समयको फरकमा गर्ने ?

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

के घुँडा खिइने समस्या अकुपञ्चर उपचार विधिले ठिक पार्छ ? (भिडियो)

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा

सरकारी मेडिकल कलेजमा डाक्टर पढ्न युवकले काटे आफ्नै खुट्टा