+
+

‘छक्कापञ्जा ४’ को सेलिब्रिटी शोमा प्रियंका कार्कीदेखि महजोडीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते ११:५२

काठमाडौं । ‘छक्कापञ्जा ४’ले बुधबार बेलुका सेलिब्रिटी शोको आयोजना गर्‍यो, जहाँ महजोडीसहितका दर्जनौं कलाकार फिल्म हेर्न पुगे । बिग मुभिज मल्टिप्लेक्समा फिल्म हेर्न निर्माता, निर्देशक, संगीतकार, अभिनेतादेखि उद्यमीसम्म सहभागी थिए । फिल्म रिलिज भएपछि पहिलोपटक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हलमा पुगेका हुन् ।

परिवारसहित पुगेका महजोडीले फिल्म हेरेर ‘इन्जोय’ गरेको प्रतिक्रिया दिए । ‘हेरुन्जेल इन्जोय गरें । पहिलेदेखि नै यो फिल्म मेरो बेस्ट हो । कमेडीसँगै राजनीतिको कथावस्तुलाई दर्शकले बुझ्ने भाषामा प्रस्तुत गरिएको छ,’ फिल्म हेरेपछि मदनकृष्णले भने । हरिवंश पत्नी र छोरा मोहितवंशसँगै हलमा देखिए ।

‘लामो समयदेखि फिल्मलाई लिएर मेरो प्रतीक्षा थियो । मनछुने समसामयिक कथावस्तुमा फिल्म बनेको रहेछ । नेपाली राजनीतिलाई बुझ्न यसले सहयोग गर्छ,’ हरिवंशले भने, ‘अझै व्यावसायिक सफलताको शुभकामना ।’ अभिनेता कृष्ण मल्लले समसामयिक विषयवस्तु, कसिलो पटकथा, रोचक संवाद, सुन्दर सिनेम्याटोग्राफी र हेमराज बीसीको निर्देशनले फिल्म मनमोहक बनेको बताए ।

‘आ-आफनो भूमिकामा सबैले न्याय गरेका छन् । गीत त यसअघि नै लोकप्रिय भइसकेकै हो । भाइ केदार र बुद्धिले जमेर हँसाउँछन् । दीपकले फिल्मलाई झण्डै-झण्डै एकल काँधमा बोकेका छन् र सफल भएका छन्,’ मल्लले भने । संगीतकार शम्भुजित बाँस्कोटाले फिल्म हेरेर आफूले ‘इन्जोय’ गरेको बताए ।

अभिनेत्री प्रियंका कार्की आमासहित फिल्म हेर्न पुगेकी थिइन् । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ पनि उपस्थित थिए । सेलिब्रिटी शोमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, राज आचार्य लगायत सहभागी रहे । दोस्रो सातामा चलिरहेको फिल्मले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । चैत २४ गतेअघिसम्म नेपाली फिल्म रिलिज नहुने भएकाले छक्कापञ्जा ४ लाई कमाइमा अझै राहत मिल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?