
२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्यको लागि सिफारिस गरेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
उनी सप्तरी निवासी हुन् । यसअघि समानुपातिक पद्धतिबाट जसपाले प्रतिनिधिसभा सदस्य चयन गरेको शहनाज रहमानको निधन भएपछि सोही क्लस्टरको पछिल्लो क्रममा रहेकी मञ्जु प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएकी हुन् ।
अब जसपाको सिफारिसलाई निर्वाचन आयोगले आधिकारिकता दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4