+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १९:४६

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौं भित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइनेछ । एक पटकको खरिदको १०० रुपैयाँसम्म र योजना अवधिभर ३०० रुपैयाँसम्म छुट पाउने जनाइएको छ ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?