+
+

उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म आधाभन्दा बढी मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते १२:२७
उपराष्ट्रपति निर्वाचनमा भाग लिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

३ चैत, काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मध्याह्न १२ बजेसम्म आधाभन्दा बढी मत खसेको छ ।

संघीय संसद मतदान केन्द्रमा २१८ र प्रदेश सभा मतदान केन्द्रमा ३९२ मत खसेको हो । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन् । संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

नयाँबानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । मतदान अपराह्न ३ बजेसम्म हुनेछ । त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?