+

सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

२०७९ चैत  ३ गते १७:०९ २०७९ चैत ३ गते १७:०९
Shares
सिन्के धूपको धुवाँले पनि गर्छ फोक्सो र श्वासनलीमा हानि

काठमाडौं । धूप बाल्दा यसको सुगन्धसँगै धुवाँ पनि फैलिन्छ । धूपबाट निस्किएको त्यो धुवाँले हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ ? धूपको धुवाँले फोक्सो तथा श्वासनलीमा कुनै असर गर्छ कि ?

यिनै विषयमा केन्द्रित रहेर वीर अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानासँग गरिएको कुराकानीको सम्पादित अंश :

धूपको धुवाँले कस्तो असर गर्न सक्छ ?

धूपबाट निस्कने धुवाँले फोक्सोलाई त्यति नै असर गर्छ जति चुरोटबाट निस्किएको धुवाँले । केही अनुसन्धानले त पूजापाठ गर्दा निस्कने धुवाँ र लामखुट्टे भगाउन बालिने धूपबाट निस्किएको धुवाँ धूम्रपान भन्दा पनि बढी हानिकारक हुने देखाएको छ । धूपको धुवाँ सिधै हाम्रो फोक्सोमा गएर विभिन्न समस्या निम्त्याउन सक्छ ।

हाम्रो फोक्सोलाई विभिन्न प्रकारको संक्रमणबाट बचाउन ‘म्युकोसिलरीया क्लियरेन्स’ हुन्छ । जसले फोक्सोका विकारहरूलाई खकारको माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ । धुवाँले त्यो ‘म्युकोसिलरीया’लाई असर गर्छ र धूपबाट निस्किएको धुवाँमा भएको विभिन्न तत्त्व, ग्यास र कार्बनको कण गएर हाम्रो फोक्सोमा टाँसिन्छ  । लामो समय धूपको धुवाँमा बसेका व्यक्तिमा त्यो कण टाँसिंदै गएर पछि दीर्घकालीन रूपमा ‘सिओपिडी  दम’, पहिलेदेखि दम भएको मान्छेलाई दम बिग्रिने, एलर्जी हुने र फोक्सोको क्यान्सर समेत हुन सक्ने सम्भावना हुन्छ ।

धूपको धुवाँ आगोको धुवाँ र गाडीबाट निस्कने धुवाँ जस्तै हो कि अझ बढी हानिकारक हुन्छ ?

आगोको धुवाँ, गाडीबाट निस्कने धुवाँ जस्तै र त्यो भन्दा बढी हानिकारक धूपको धुवाँ हुन्छ । इण्डिया र नेपालमा बढी धूपको प्रयोग हुन्छ, त्यसैले यसको बारेमा अन्य देशमा ठूला–ठूला अनुसन्धान त भएको छैन । तर इण्डियामा लगभग १० वर्षअघि लामखुट्टे मार्ने धूपको बारेमा अध्ययन भएको थियो । यसले धूम्रपानले भन्दा बढी हानि गरेको पाइएको थियो । धूपको धुवाँ र लामखुट्टे भगाउने धूपको धुवाँ लगभग उस्तै नै हुन्छन् । त्यसैले यसले गर्ने असर पनि त्यति नै हानिकारक हुन्छ भनेर हामी अनुमान गर्न सक्छौं ।

धूपको धुवाँले फोक्सो वा श्वासनलीमा समस्या भयो भनेर त बिरामी आउँदैनन् होला । कसरी धूपको धुवाँ हानिकारक छ भनेर हामीले भन्न सक्छौं ?

धूपको धुवाँको कारण फोक्सो वा श्वासनलीमा समस्या भयो भनेर नै त बिरामी आउँदैनन् । तर सीओपीडी दमको समस्या लिएर अस्पताल आएका बिरामी जसले कहिल्यै पनि धूम्रपान गरेका हुँदैनन्, उनीहरूमा दम हुने मुख्य दुई कारण पाइन्छ । एउटा लामो समयदेखि आगोको चुलोमा खाना पकाएका महिला र अर्को लामो समयदेखि पूजापाठमा संलग्न हुनेहरु  पाइएको छ ।

चिनियाँ उपचार विधि अरोमा थेरापीमा विभिन्न वनस्पति बालेर सुगन्ध लिने प्रचलन पनि रहेछ, त्यसले चाहिं स्नायु प्रणालीमा राम्रो गर्छ भनिएको छ । धूपले पनि त्यस्तो फाइदा गर्छ होला नि त ?

कुनै पनि वस्तुलाई जलाएर त्यसबाट निस्कने धुवाँले कुनै पनि उपचार हुन सक्दैन । यसरी निस्किएको धुवाँले स्नायु प्रणालीमा राम्रो असर गर्छ भन्ने मेडिकल साइन्समा प्रमाणित पनि भएको छैन । कुनै वस्तु बालेर धुवाँ निस्किएको छ भने त्यो धुवाँले स्वास्थ्यमा फाइदा गर्ने भन्दा पनि विभिन्न रोगलाई निम्ताइरहको हुन्छ ।

हुक्काको धुवाँले चुरोटको धुवाँले जस्तो स्वास्थ्यमा नकारात्मक असर गर्दैन भनेर धेरैले प्रयोग गरेको देखिन्छ । इ–सिगरेटलाई पनि धूम्रपान छोड्न प्रयोग गर्ने भनेर धेरैले प्रयोग गरेको पाइन्छ । तर हुक्का र इ–सिगरेटमा पनि क्यान्सर गर्ने तत्त्व हुन्छ । त्यसैले कुनै पनि कुरा बाल्दा निस्किएको धुवाँ हाम्रो फोक्सोमा जान्छ भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

श्वासनली सिन्के धूप
डा. अशेष ढुंगाना
लेखक
डा. अशेष ढुंगाना
छातीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७०२० अध्ययन : एमडी (मेडिसिन), डीएम (पल्मोनरी, क्रिटिकल केयर एण्ड स्लिप मेडिसिन) हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिन तथा वीर अस्पतालमा छातीरोग विशेषज्ञका रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज