+
+

वीरगञ्जमा ‘रात्रि बजार’ सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १७:०५
फाइल तस्वीर

६ चैत, वीरगञ्ज । वीरगञ्जमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । नयाँ वर्षको अवसर पारेर वीरगञ्ज महानगरपालिकाले आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।

३० चैतदेखि २ वैशाखसम्म रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन र अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउन तीन दिने रात्रि बजार सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

आर्थिक नगरी भनिंदै आएपनि वीरगञ्जमा राति ८ बजेपछि नै बजार बन्द हुने गरेको छ ।
‘वीरगञ्जको व्यावसायिक पहिचान बढाउँदै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले रात्रि बजार लगाउन लागेका हौं,’ उनले भने ‘ बजार चलायमान बनाउनुको साथै अबेर रातिसम्म बजार खोल्ने वातावरण बनाउने विश्वास लिएका छौं ।’

रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ । रात्रि बजारबाट ‘तन्दुरी चाय’को समेत सुरुवात गरिने महानगरले जनाएको छ ।

महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको हो । रात्रि बजारमा लगाइने स्टलहरु बुकिङ खुल्ला गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

पूर्वमा आदर्शनगर चोकदेखि पश्चिम कैलाश होटल चोकसम्म र दक्षिणतर्फ कैलाश होटल चोकदेखि पुरानो बसपार्कसम्म करिब १ सय स्टल लगाउने गरी तयारी गरिएको छ । प्रति स्टल प्रति दिन ३ सय रुपैयाँ शुल्क राखिएको फोर जीआरकी अध्यक्ष नुतन सरावगीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?