+

कसरी बन्द गरिन्छ कानको लोतीमा परेको प्वाल ?

२०७९ चैत  ६ गते १८:१५ २०७९ चैत ६ गते १८:१५
कसरी बन्द गरिन्छ कानको लोतीमा परेको प्वाल ?

गहना लगाउने क्रममा कान छेडिन्छ । समय बित्दै जाँदा लोतीको प्वाल बढ्दै जान्छ, कतिपय अवस्थामा त च्यातिन पनि सक्छ । यसरी भएको प्वाललाई कसरी बन्द गर्ने होला भन्ने कुराले धेरैलाई चिन्ता थपेको हुन सक्छ ।

यसका लागि सर्जरी लगायतका उपचार विधि छन् । तर धेरैलाई यो झन्झटिलो लाग्छ । पछिल्लो समय सर्जरीको पनि विकल्प आएको छ, इयर लोबो विधि । यसबाट सजिलै कानको लोतीमा भएको प्वाल बन्द गर्न सकिन्छ । पानी जस्तो इयर लोबो ग्लुले ब्युटी पार्लरमा गएर कानको लोती टाल्न सकिन्छ ।

कसरी बन्द गरिन्छ कानको लोती ?

सर्जरीमार्फत लोतीको प्वाल टाल्दा टाँका लगाइन्छ । धेरैले सर्जरी गराउन नमान्ने भएकाले लोतीको प्वाल तन्किएर ठूलो हुँदा पनि चासो दिंदैनथे । त्यसको विकल्पमा सामान्य टेपले टाल्नेसम्म गर्थे ।

तर अहिले यसको विकल्पमा इयर लोबो आइसकेपछि भने कानको प्वाल टाल्नेहरुलाई फाइदाजनक भएको छ ।

प्वाल कसरी बन्द गरिन्छ ?

सबैभन्दा पहिले लोती च्यातिएको वा प्वाल परेको ठाउँ सफा गरिन्छ । त्यसपछि सावधानी अपनाएर आवश्यकता अनुसार पूरै प्वाल बन्द हुनेगरी इयर लोबो लगाइन्छ । यो ग्लु लगाइसकेपछि प्वाल सबै छोपिने गरी गम्साएर टेप लगाउने गरिन्छ । यसका लागि तालिमप्राप्त ब्युटिसियनहरुले काम गर्छन् ।

टेपलाई करिब १० दिनसम्म मल्हम लगाउँदै राखिराख्नुपर्छ । त्यसपछि सावधानीपूर्वक बिस्तारै त्यो टेपलाई निकाल्नुपर्छ । त्यसको केही दिनमा लोती ठीक हुन्छ । लोती टाल्नुअघि चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । मधुमेहका बिरामीलाई कुनै घाउचोट लागेमा छिटो निको नहुने भएकाले उनीहरुले भने नगराउनु नै राम्रो हुन्छ ।

नेपालमा कहाँ गरिन्छ, कति लाग्छ खर्च ?

नेपालमा फेसियल हाउसमा सात वर्षअघि नै इयर लोबो प्रविधिबाट कानको लोतीको प्वाल टाल्ने गरिंदै आएको छ । अहिले बजारमा यस्तो सेवा दिने ब्युटी पार्लरहरु थुप्रै छन् ।

इयर लोबोमार्फत प्वाल टाल्दा सामान्तया १५ सय रुपैयाँ शुल्क लिने गरिएको छ । सुरुवाती दिनमा भने ३ हजार ५०० देखि आठ हजार रुपैयाँसम्म शुल्क लिने गरिएको थियो ।

कुनै साइड-इफेक्ट छ कि ?

लगाउने बेलामा सुरुमा अलि अलि पोल्ने भएपनि इयर लोबोको खासै साइड-इफेक्ट छैन । सावधानी नअपनाएमा कहिलेकाहीं घाउ पाक्ने समेत हुन सक्छ ।

टेप लगाएको ठाउँमा पानी पार्ने, टेप निकाल्दै हेर्ने, नियमित मल्हम नलगाउने गर्दा भने केही असर गर्न सक्छ । प्वाल बन्द गरेको ठाउँमा थोरै खत बस्न सक्छ । त्यसैले पूर्ण रुपमा लोतीको च्यातिएको ठाउँ निको नहुँदासम्म हल्का गहना पनि लगाउनु हुँदैन ।

(महरा काठमाडौं मलस्थित फेसियल हाउसकी सञ्चालिका हुन् ।)  

कानको लोती
लेखक
सुष्मा महरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?