+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १८:११

१५ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’

स्रोतका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने छन् । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?