+
+

फोहोरी राजनीतिका कारण बलिउड छाडेको चर्चाबीच करणसँग प्रियंकाको जम्काभेट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १३:१८

काठमाडौं । प्रियंका चोपडाले हालै एक पोडकास्टमा फोहोरी राजनीतिका कारण बलिउड छाड्नुपरेको बताइन् । त्यसपछि बलिउड स्टार कंगना रनौतले प्रियंकाको समर्थन गर्दै करण जोहरलाई दोष लगाएकी थिइन् । यसैबीच, सामाजिक सञ्जालमा प्रियंकाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी करण जोहरलाई अँगालो हालेको अवस्थामा देखिएकी छन् ।

प्रियंका शनिबार नीता मुकेश कल्चर सेन्टरको उद्घाटन समारोहमा पति निक जोनससँग पुगेकी थिइन् । उक्त कार्यक्रममा करण पनि पुगेका थिए, यो भिडियो त्यही बेलाको हो । भिडियोको सुरुमा करणले पहिलो पटक दीपिका र रणवीर सिंहलाई भेट्छन्, दुवैसँग कुरा गर्छन् । त्यसपछि करण प्रियंका र निकलाई भेट्न पुगे । प्रियंकाले उनलाई मुस्कान दिइन् र त्यसपछि दुवैले एकअर्कालाई अँगालो हालेका थिए ।

यो भेट यस्तो बेलामा भएको छ जतिबेला प्रियंकाले एक अमेरिकी पोडकास्टमा आफूले बलिउड राजनीतिको कारण भारत छाड्नुपरेको बताएकी थिइन् । प्रियंकाले बलिउड छाड्नुपछि करणतर्फ निशाना तेर्सिएको छ । यसको एक साताभित्रै प्रियंका र करणबीच जम्काभेट भएको हो । यी दुईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रियंका छोरी मालतीसँगै भारत पुगेकी हुन् । उनी छोरी र पति निक जोनससँग कलिना एयरपोर्टमा देखिएकी थिइन् । प्रियंका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारत आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?