+

मधुमेह भएकाले इन्सुलिन लिन भुलेमा के हुन्छ ?

२०७९ चैत  २४ गते १४:२२ २०७९ चैत २४ गते १४:२२
मधुमेह भएकाले इन्सुलिन लिन भुलेमा के हुन्छ ?

सुरुवाती अवस्थामै हो भने मधुमेहलाई खानपान र व्यायामबाट नै नियन्त्रण गर्न सकिन्छ । तर यसरी नियन्त्रण नभएमा बिरामीको अवस्था हेरेर विभिन्न प्रकारका औषधि दिइन्छ ।

सामान्यतया मधुमेहको बिरामीलाई मेटफर्मिन, सल्फोनाइलुरिया, डापाग्लिफ्लोजिन र इन्सुलिनलगायत औषधि दिइन्छ । सल्फोनाइलुरिया औषधि खानाको २० मिनेटअघि खानुपर्छ भने मेटफर्मिन खानापछि खानुपर्छ ।

यदि औषधि छुटेमा के हुन्छ ?

मधुमेहको औषधिले शरीरमा सुगर लेभल नियन्त्रण गर्ने भएकाले सकेसम्म यो औषधि खान छुटाउनु हुँदैन । एक–दुई पटक औषधि छुटेको छ भने सम्झने बित्तिकै औषधि खानुपर्छ । केही कारणवश लामो समय औषधि छुट्यो भने शरीरमा सुगर लेभल बढ्छ र त्यसले अन्य समस्या ल्याउँछ । सुगर लेभल नियन्त्रणमा नहुँदा आँखा, मिर्गौला, मुटुलगायत अंगमा सोझो असर पर्न सक्छ ।

औषधिले कसरी काम गर्छ ?

मधुमेहका विभिन्न औषधिले छुट्टाछुट्टै काम गर्छन् । मेटफर्मिनले शरीरको इन्सुलिनलाई झन् राम्रोसँग काम गर्न सघाएर कलेजोमा चिनीको उत्पादन घटाउँछ । सल्फोनाइलुरियाले प्याङ्क्रियाजलाई धेरै इन्सुलिन बनाउन सहयोग गर्छ र शरीरलाई इन्सुलिनको प्रयोग गराउन सहयोग गर्छ ।

डापाग्लिफ्लोजिनले रगतमा चिनीको मात्रा घटाउने काम गर्छ । यसले पिसाबमार्फत शरीरबाट अतिरिक्त ग्लुकोज हटाउन मद्दत गर्छ । कहिलेकाहीं के हुन्छ भने औषधि खाँदा पनि सुगर लेभल नियन्त्रण हुँदैन । टाइप वान मधुमेह भएर शरीरमा इन्सुलिन उत्पादन हुँदैन । यस्तो अवस्थामा अतिरिक्त इन्सुलिन दिनुपर्ने हुन्छ ।

कस्तो अवस्थामा इन्सुलिन दिइन्छ ?

टाइप वान मधुमेहमा शरीरमा मधुमेह उत्पादन नै हुँदैन, त्यसैले यस्ता बिरामीलाई इन्सुलिन दिइन्छ । सुरुमै एकदमै उच्च ग्लुकोज भएर आएका बिरामीहरू छन् भने तुरुन्तै नियन्त्रण गर्न सुरुकै अवस्थामा इन्सुलिन दिइन्छ ।

औषधि खाँदा मधुमेह नियन्त्रण नभएमा पनि इन्सुलिन दिइन्छ । कुनै पनि कारणले बिरामी अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्था आएमा इन्सुलिन सुरु गर्नुपर्ने हुन्छ । यसैगरी मिर्गौलाको समस्या छ र मिर्गौलाको समस्याले औषधि चलाउन सकिएको छैन भने मधुमेह नियन्त्रणको लागि इन्सुलिन चलाउनुपर्ने हुन्छ ।

इन्सुलिन किन दिइएको हो ?

टाइप वान मधुमेह भएर शरीरले इन्सुलिन उत्पादन गर्न नसकेपछि शरीरमा इन्सुलिन पुर्‍याउन इन्सुलिन दिइन्छ । औषधिबाट मधुमेह नियन्त्रण नभएको अवस्थामा पनि इन्सुलिन दिनुपर्छ ।

इन्सुलिन लिन छुटेमा के गर्ने ?

टाइप वान मधुमेहमा त इन्सुलिन छुटाउन मिल्दैन । छुट्यो भने सुगर लेभल बढेर अस्पताल नै भर्ना गर्नुपर्ने हुन्छ । टाइप टुमा भने एक पटक वा इन्सुलिन छुटेमा सुगर लेभल नापेर सम्झने बित्तिकै लगाइहाल्नुपर्छ ।

इन्सुलिन कुन समयमा दिनुपर्छ ?

शरीरमा एउटा इन्सुलिन चौबिसै घण्टा निस्कन्छ भने अर्को चाहिं खाना खाएपछि निस्कन्छ । खाना खाएपछि निस्कने इन्सुलिनको कमी भएको छ भने खाना खानुभन्दा अघि दिइन्छ । चौबिसै घण्टा निस्कने इन्सुलिनको कमी भएको हो भने जुन समयमा दिंदा पनि हुन्छ ।

टाइप वान मधुमेहमा इन्सुलिन उत्पादन नै हुँदैन त्यसैले जीवनभर दिनुपर्छ । टाइप टुमा मधुमेहमा औषधिले काम नगरेर इन्सुलिन दिएको छ भने त्यसलाई पनि छोड्न मिल्दैन । टाइप टुमा खानपान र व्यायाम गरेर मधुमेह नियन्त्रण भयो भने चाहिं इन्सुलिन छुटाउन पनि सकिन्छ ।

(डा. भट्टराई थाइराइड तथा मधुमेहरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन् । डा. भट्टराईसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

इन्सुलिन मधुमेह
लेखक
डा. विनय भट्टराई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?