+
+

मैदानमै ढले मछिन्द्रका खेलाडी छिरिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १६:१६
छिरिङलाई अस्पताल लैजाँदै । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२६ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्रका डिफेण्डर छिरिङ गुरुङ चोटग्रस्त बनेका छन् । आफ्नै टिममेट पुजन उपर्कोटीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको छ ।

तत्कालै बेहोस भएका छिरिङलाई मछिन्द्रका फिजियो सुरज भुसालले मैदानमै कार्डियो पल्मुनरी रिससिटेसन (सीपीआर) दिएका थिए ।

फिजियो भुसालले आफू केहि सेकेन्डमै मैदान पुग्दा छिरिङको नाकबाट रगत बगिरहेको र बेहोस पाएपछि सीपीआर सुरु गरेको बताए ।

‘उनको मुख बन्द थियो । दुईजना खेलाडीलाई मुख खोल्न लगाएँ र सीपीआर सुरु गरिहालेँ,’ सुरजले एक डेढ मिनेटपछि नै छिरिङको होस खुलेको बताए ।

कन्कसन इन्जुरी (टाउकोको चोट)मा व्यक्तिले जिब्रो टोक्नसक्ने जोखिम हुने हुनाले मुख खुल्ला राख्नुपर्ने हुन्छ ।

होस खुलेलगत्तै मैदानमै पुगेको एम्बुलेन्समा राखेर छिरिङलाई रंगशालाबाहिरको ब्लूक्रस अस्पतालमा भर्ना गरिएको छ ।

फिजियो भुसालले उनको स्वास्थ्य अवसर खतरामुक्त देखिए पनि थप जोखिम नलिनका लागि नाकको एक्स रे र टाउकोको सिटी स्क्यान गर्न लागिएको जानकारी दिए ।

दशरथ रंगशालामा मछिन्द्रले संकटाविरुद्ध २–१ गोलअन्तरको जित निकालेको छ ।

४ मिनेट थपिएको इन्जूरी समयको अन्तिम मिनेटमा छिरिङ चोटग्रस्त बनेका हुन् । आफ्नै पोजिसनमा रहेका छिरिङले बललाई हेडमार्फत क्लियर गर्ने प्रयास गर्दै थिए ।

छिरिङको ब्याक हेडर बल मछिन्द्रकै डिफेन्सिभ मिडफिल्डर पुजन उपर्कोटीले खुट्टाले क्लियर गर्ने प्रयास गरे ।

छिरिङ जम्प गरेर ल्याण्डिङको प्रयास गर्दैगर्दा पुजनको घुँडामा नाक ठोक्कियो ।

शहीद स्मारक ए डिभिजन लिगको गत संस्करणमा पनि मछिन्द्रकै मनिष डाँगी यस्तै कन्कसन इन्जुरीबाट गुज्रिएका थिए ।

उनी झण्डै ६ मिनेटसम्म बेहोस हुँदा फिजियो भुसालले नै सीपीआर दिएका थिए । भित्री चोट नभए पनि कान नजिकै बाहिरी चोटका कारण उनले तीन साता मैदानबाहिर रहनुपरेको थियो ।

छिरिङ घाइते हुँदाका तस्वीरहरु हेर्नुहोस् :

 

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?