+
+

नयाँ प्रशिक्षकको नियुक्तिसँगै मछिन्द्रको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १६:४८

२६ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले दोस्रो जित हात पारेको छ । त्यस क्रममा उसले दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–१ ले पराजित गरेको छ ।

आइतबार नियुक्त भएका प्रशिक्षक किशोर केसीले टचलाइनमा जिम्मेवारी सम्हालेकै दिन मछिन्द्रले जित निकालेको हो ।

मछिन्द्रलाई जिताउन विमल घर्ती मगर र ओलावाले आफिजले गोल गरे । संकटाका लागि भने मनिष डाँगीले गोल गरे पनि त्यो गोलले टिमको हार टार्न सकेन ।

खेलको १९ औं मिनेटमा विमलले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । मिडफिल्डबाट आएको बललाई अघि बढाउने क्रममा गोलरक्षकलाई बिट गर्दै सहजै फिनिस गरे ।

तर त्यसको २ मिनेट नबित्दै मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै संकटालाई खेलमा फर्काए । आयुषले दिएको पासलाई मनिषले नियन्त्रणमा लिंदै बायाँ खुट्टाले गरेको प्रहार गोल भएको थियो ।

दोस्रो हाफको ४५ सेकेन्ड नबित्दै मच्छिन्द्रले पुनः अग्रता लियो । निसेन सुब्बाको लो क्रसलाई आफिजले पहिलो टचमै पोस्टतर्फ प्रहार गरेका थिए ।

यस जितसँगै मच्छिन्द्र ७ खेलमा ९ अंकसाथ सातौं स्थानमा उक्लिएको छ । संकटा पनि समान ९ अंकाका साथ आठौं स्थानमा झरेको छ ।

यो खेलको इन्जुरी टाइममा बल क्लियर गर्ने क्रममा अनियन्त्रित भएर छिरङ गुरुङ घाइते भएका छन् । उनी आफ्नै टिममेटसँग ठोक्किएका थिए । ब्लू क्रश अस्पतालमा उपचार गराइरहेका उनको अवस्था खतरामुक्त रहेको क्लबका फिजियो सुरज भुषालले जानकारी दिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?