+

९ महिना नपुगी जन्मिएका शिशुको हेरचाह कसरी गर्ने ?

२०७९ चैत  २९ गते १३:५६ २०७९ चैत २९ गते १३:५६
Shares
९ महिना नपुगी जन्मिएका शिशुको हेरचाह कसरी गर्ने ?

नवजात शिशुको हेरचाह गर्दा निकै संवेदनशील हुनुपर्छ । बच्चा जन्माउनु जति खुसीको क्षण हो, शिशुको स्वास्थ्य सुरक्षामा उचित ध्यान पुर्‍याउनु अभिभावकका लागि चुनौतीपूर्ण कार्य हो । अझ अपरिपक्व उमेरमै जन्मिएका शिशुको स्याहारसुसारमा त झन् धेरै ध्यान दिनुपर्ने हुन्छ । किनकि समय अगावै जन्मिएकाले सामान्य शिशुमा जस्तो उनीहरुमा पूर्ण रुपमा शारीरिक विकास भइसकेको हुँदैन ।

शिशु परिपक्व र अपरिपक्व कसरी थाहा पाउने ?

गर्भावस्थाको नौ महिना अर्थात् ३७ हप्ता पूरा भएपछि जन्मिएका बच्चालाई परिपक्व अवस्थाका शिशु मानिन्छ । यो समय अगाडि अर्थात् ३२ हप्ता, २८ हप्ता वा २६ हप्तामा जन्मिएका शिशुलाई अपरिपक्व भनिन्छ ।

यसरी जन्मिने शिशुको शरीरका धेरै अंग अपरिपक्व अवस्थामा नै हुन्छन् । मुटु, मस्तिष्क, फोक्सो र पाचन शक्तिमा समस्या देखिएको हुन सक्छ । सामान्य शिशुले जस्तो दूध खान पनि सक्दैनन् । किनभने ३४ हप्ताभन्दा अगाडि जन्मिएका शिशुमा आमाको दूध चुस्ने क्षमता विकास भइसकेको हुँदैन । आमाको दूध खान नसक्दा धेरै किसिमका स्वास्थ्य समस्या आउन सक्छन् ।

के के समस्या देखिन्छ ?

यस्ता बच्चामा चिसोले चाँडो भेट्ने भएकाले रुघाखोकी लाग्ने हुन्छ । सास फेर्न गाह्रो हुने, छिटोछिटो सास फेर्ने, तौल कम हुने, धेरै ज्वरो आउने, हातखुट्टा चिसो हुने जस्ता समस्या देखिन्छन् । यसैगरी आमाको दूध चुस्न नसक्ने, आँखा र छाला पहेंलो हुने, बच्चा सुस्त हुने, बेहोस भइरहने जस्ता समस्या पनि आउन सक्छन् । दिसा–पिसाब राम्रोसँग गर्न नसक्ने, शरीरभरि बिमिरा वा फोका आउने, सुगरको मात्र कम हुने समस्या समयअगावै जन्मिएका बच्चामा देखिन्छन् ।

कसरी खुवाउने दूध ?

अपरिपक्व शिशुले अरु सामान्य शिशुले जस्तै सजिलै आमाको दूध खान सक्दैन । त्यसैले अपरिपक्व अवस्थामा जन्मिएको शिशुले आमाको दूध थोरै मात्र चुस्न सक्छ भने समय–समयमा दूध खुवाइरहनुपर्छ । आमाको निप्पलबाट सिधै खान नसकेमा प्लास्टिकको निप्पल प्रयोग गरेर दूध खुवाउन सकिन्छ । त्यो गर्दा पनि खान नसकेमा आमाको दूध एउटा भाँडोमा राखेर सानो चम्चाले पनि खुवाउनुपर्छ ।

शिशुको लागि आमाको दूधमा मात्रै आवश्यक पौष्टिक तत्व हुन्छ । त्यसैले दुई वर्षसम्म आमाको दूध खुवाउनैपर्ने हुन्छ ।

कति तौल हुन्छ ?

सामान्य शिशुको जन्मिने बेलाको तौल कम्तीमा दुई किलो हुन्छ भने अपरिपक्व शिशुको तौल यसभन्दा कम हुन्छ । एक किलो ८०० ग्रामभन्दा कम तौल भएमा शिशुलाई आईसीयूमा राख्नुपर्ने हुन्छ । अपरिपक्व शिशुको तौल दुई किलोभन्दा बढी छ भने इक्युभेटरमा राख्नुपर्दैन । यस्तो शिशुलाई मायाको अंगालो (शिशुलाई आमाको छातीमा टाँसेर अंगालो मार्ने विधि) सिकाएर डिस्चार्ज गरिन्छ ।

जोखिम कति ?

२८ हप्तामुनि जन्मिएका शिशुलाई बचाउन गाह्रो हुन्छ । नेपालमा प्रविधिको कमीले पनि जोगाउन गाह्रो भएको देखिन्छ । तर यसो भन्दैमा बचाउनै नसकिने भन्ने हुँदैन । ३२ महिनामाथि जन्मिएका शिशुलाई जोगाउन तुलनात्मक रुपमा सहज हुन्छ ।

भविष्यमा कस्तो समस्या देखिन सक्छ ?

मस्तिष्क र मुटुसम्बन्धी रोग, कुपोषण जस्ता समस्या समय अगावै जन्मिएका शिशुलाई पछि देखिन सक्छ । धेरै भेन्टलेटरमा राखेका शिशुमा फोक्सोमा बढी समस्या भएको पाइन्छ । उनीहरुलाई जन्डिस देखिएमा समयमै उपचार गराइहाल्नुपर्छ । उपचार नभएमा जन्डिस मस्तिष्कमा फैलिएर दिमागको पक्षघात समेत हुन सक्छ ।

(नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. धौभडेल भक्तपुरस्थित भक्तपुर अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

बच्चाको हेरचाह शिशु
डा. सुरज धौभडेल
लेखक
डा. सुरज धौभडेल
नवजात शिशु तथा बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११२७६ अध्ययन : एमबीबीएस, एमडी हाल भक्तपुर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ