+
+

कोशीमा प्रदेशसभाको अधिवेशन अन्त्य

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत २९ गते १९:४८

२९ चैत, विराटनगर । कोशी प्रदेशको नामाङ्कनपछि अनिश्चितकालका लागि स्थगित भएको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । गत फागुन १७ गते प्रदेशको नामकरणपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए  । ४२ दिनदेखि स्थगित भएको अधिवेशन अन्त्य भएको हो ।

प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनरत पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन सुरु गरेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । बुधबारको मन्त्रिपरिषदको सिफारिस पछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।

सांसद बहिस्कारको अभियान सञ्चालन गरिररहेको  प्रदेश १ पुन: नामाङ्कन संघर्ष समितिले प्रदेशसभा घेर्ने डरले अधिवेशन अन्त्य गरेको  प्रदेश  सरकार स्रोत बताउँछ ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारी विजनेश नभएका कारण अधिवेशन अन्त्य भएको बताउँछन् । ‘अहिले प्रदेशसभामा बिजनेस छैन,  बिजनेस विना चलाएर पनि भएन’,  उनले भने, ‘आन्दोलनका कारण होइन  ।’

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्थगित अवस्थामा रहेको प्रदेशसभा बैठक अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने  निर्णय गरेको थियो । प्रदेश सरकारको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको निर्णय गरेका छन् ।

कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन गत २०७९ पुस १७ गते आह्वान भएको थियो । २०७९ फागुन १७ गते बसेको पहिलो अधिवेशनको १३ औं बैठकले प्रदेशको नाम कोशी राखेको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?