+
+

महालेखाको प्रश्न : २५ अर्ब वैदेशिक ऋणको दायित्व विवरण खोइ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:५१

३० चैत, काठमाडौं । नेपाल सरकारले वैदेशिक ऋणतर्फ घटाएर दायित्व देखाएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखाले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा वैदेशिक विनिमय दर वृद्धिको कारण ऋण दायित्वमा वृद्धि भएको अवस्थामा स्पष्ट आधार बेगर २५ अर्ब ३ करोड १४ लाख वैदेशिक ऋणको दायित्व घटाएर सारेको उल्लेख छ ।

‘आर्थिक वर्ष २०७७/७८ सम्म वैदेशिक ऋण ९ खर्ब ३४ अर्ब ६९ करोड ५२ लाख रहेको र आव २०७८/७९ मा १ खर्ब ३३ अर्ब ८ करोड ३४ लाख वैदेशिक ऋण प्राप्त हुँदा २९ अर्ब ४१ करोड ५८ लाख फिर्ता भएको भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘१२ अर्ब ५१ करोड ५७ लाख विनिमय दर घाटा समायोजन गर्दा वैदेशिक ऋण १० खर्ब ५० अर्ब ८७ करोड ८५ लाख हुनुपर्नेमा कुनै कारण उल्लेख नगरी १० खर्ब २५ अर्ब ८४ करोड ७१ लाख देखाएकोले २५ अर्ब ३ करोड १४ लाख घटी दायित्व सारेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?