३ वैशाख, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत लाभांश दिने भएको छ । ३० चैत बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
कम्पनीको प्रस्तावित बोनस सेयर पारित भएपनि चुक्ता पूँजी बीमा प्राधिकरणले तोकेको ५ अर्ब नाघ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4