+

घाँटी र गर्दनमा किन आउँछ मुसा ?

२०८० वैशाख  ४ गते १७:११ २०८० वैशाख ४ गते १७:११
घाँटी र गर्दनमा किन आउँछ मुसा ?

मानिसको छालामा अनेक खालका समस्या आउने गर्छन् । त्यसमध्ये धेरैले भोगेको समस्या मुसा पनि हो । हात, खुट्टा, गाला, आँखीभौं, परेली, नाकको टुप्पो, निधारलगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ ।

शरीरमा कडा खालको तर दुखाइ नहुने स–साना मासुको डल्ला छालामा पलाउँछ, त्यसलाई मुसा भनिन्छ । अंग्रजीमा वार्ट भनिने यो ह्युमन पेपिलोमा (एचपीभी) भाइरसको संक्रमणका कारण हुने गर्छ । हरेक उमेर समूहका व्यक्तिमा आउन सक्ने मुसाले कुनै गम्भीर समस्या भने ल्याउँदैन ।

मानवमा पाइने पेपिलोमा भाइरसले छालाको सतहलाई माथि उठाइदिन्छ । यो भाइरस सयौं प्रकारको हुने भएकाले यो कुन ठाउँमा आउँछ, त्यसको आधारमा प्रकार निर्धारण हुन्छ ।

यो खटिरा शरीरमा आउँदा दुख्ने पोल्ने नभएको कारण पनि यसलाई सामान्य रुपमा लिइन्छ । यो शरीरको एउटा अंगबाट अर्को भागमा सजिलै फैलिनै भएकाले शरीरको सौन्दर्यमा भने असर पार्छ ।

छालामा आउने मुसा कति प्रकारको हुन्छ ?

शरीरमा झण्डै १०–१२ प्रकारका मुसाहरु देखिन्छन् । त्यो शरीरको कुन भागमा आएको त्यसमा भर पर्छ । घाँटीमा आउने दाना मुसाजस्तै देखिन्छ तर त्यो मुसा होइन, त्यसलाई स्किन ट्याग भनिन्छ । मानिसको तौलमा घटबढ भयो भने त्यस्तो आउँछ । यो विशेषगरी २५ वर्षदेखि ५० वर्षसम्मको उमेरका व्यक्तिमा बढी देखिन्छ । घाँटी, काखी, काछमा आउने यो सर्दैन । घाँटीमा खैरो खस्रो र गाढा कालो रंगको मुसा आउने गर्छ । यसबाहेक सेतो र रातो रंगको पनि मुसा आउने गर्छ ।

कसलाई बढी आउने सम्भावना हुन्छ मुसा ?

रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा मुसा आउने सम्भावना धेरै हुन्छ । त्यस्तै मोटोपन, मधुमेह, हाइपो थाइराइड भएका बिरामीमा मुसा आउने जोखिम बढी देखिन्छ । त्यस्तै वंशाणुगत रुपमा पनि मुसा आउँछ । घरमा कोही सदस्यलाई मुसा आएको छ भने त्यस परिवारका अरु सदस्यमा मुसा देखिने सम्भावना अधिक हुन्छ ।

उपचार

शरीरमा भएको कुनै मुसाबाट रगत आएमा, चिलाएमा यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ । सामान्यतया मुसा ६ महिनादेखि वर्ष दिनभित्र आफैं हराएर जान थाल्छन् । त्यसको लागि कुनै विशेष उपचार गरिरहनुपर्दैन । त्यस्तै रगत परीक्षण गरेर खाने औषधि पनि दिन्छौं । कुनै कुनै मुसा काटेर फाल्नु नै राम्रो हुन्छ । योबाहेक यसलाई चिकित्सकको सल्लाहअनुसार कायोसर्जरी र लेजर प्रविधिबाट हटाउन सकिन्छ ।मुसालाई दाग नै नहुने गरी हटाउन सकिन्छ ।

रोकथाम

यदि कसैको आफ्नो नङ टोक्ने बानी छ भने त्यो छुटाउनुपर्छ । किनकि नङ टोक्दा छालामा घाउ भई त्यसबाट विषालु प्रवेश गर्न सक्छन् । सरसफाइमा विशेष ध्यान दिने, मुसा भएको ठाउँमा ब्रस गर्ने तथा सेभ गर्ने नगर्ने, मुसा छोइसकेपछि हात धुने गर्नुपर्छ । शरीरमा मोटोपन, मधुमेह, हाइपोथाइराइडलाई नियन्त्रणमा राख्नुपर्छ । साथै कुनै हार्मोनको समस्या छ भने त्यसको उपचार गर्नुपर्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. कार्की वीर अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

घाँटी मुसा
लेखक
डा. अनुपमा कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

गर्भावस्थामा श्रीमानको भूमिका कस्तो हुनुपर्छ ?

यौन दुर्बलताको के छ समाधान ?

यौन दुर्बलताको के छ समाधान ?

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

नयाँ वर्षमा डाक्टरहरूको के छ संकल्प ?  

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

‘अहिलेको प्रदूषणले नाक र घाँटीका बिरामी ह्वात्तै बढे’

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

कारण विनाको रोगले ६० लाख सिध्यायो, खर्च अभावले थप उपचारमा समस्या

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?

चिकित्सकले कपालमा तेल लगाउन सुझाउँदैनन् ?