+
+

सामुदायिक विद्यालयलाई ‘टाइ’ अनिवार्य नगर्न महानगरको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १८:३१

१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै कुनैपनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।

टाइ अनिवार्य नगर्न महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयहरुलाई बिहीबार परिपत्र गरिएको महानगरले जनाएको छ ।

महानगर शिक्षा विभागका शिक्षा अधिकृत मोतिराज खनालका अनुसार टाइ लगाउँदा बालबालिकाहरुलाई असहज महसुस हुने, स्वतन्त्र रुपमा हिँड्डुलको महसुस गर्न नपाउने लगायतका गुनासो अभिभावकबाट आएपछि यस्तो निर्णय गरिएको हो ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?