+
+

एनआरटीसँग हारेपछि थ्रीस्टारले गुमायो शीर्ष स्थानमा उक्लने मौका

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १७:५२

१५ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दोस्रो स्थानको थ्रीस्टार एनआरटीसँग १-० ले पराजित भएको छ ।

एनआरटीसँग हारपछि थ्रीस्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीलाई जित दिलाउन सन्जिव विष्टले निर्णायक गोल गरे । सन्जिवले खेलको ३७औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि थ्रीस्टारले खेलमा पहिले अग्रता लिने अवसर पाए पनि सन्तोष साहुखलले पेनाल्टीमा गोल गर्न सकेनन् ।

३५औं मिनेटमा प्राप्त पेनाल्टीमा साहुखलको प्रहार पोष्ट बाहिर गयो । हारपछि थ्री स्टारको १३ खेलबाट २२ अंक छ ।

एक खेल कम खेलेको जावलाखेल युथ क्लब भन्दा थ्रीस्टार एक अंकले पछि छ । यससिजन चौथो जित हात पारेको एनआरटी १३ खेलबाट १६ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

खेलका तस्वीरहरू हेर्नुहोस् :

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?