+
+

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते २१:२६

१९ वैशाख, दाङ । लुम्बिनी प्रदेशको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।

मंगलबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको हो ।

बुटवलस्थित प्रदेश प्रदेश प्रमुखको कार्यालयले मंगलवार नै विज्ञाप्ति जारी गर्दै हिउँदे अधिवेशन अन्त्य भएकाे जनाएको छ । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको कार्यलयका सचिव प्रह्लाद पोखरेलले जानकारी दिए ।

दशौं बैठक बसेको लुम्बिनी प्रदेश सभामा यसबीच दुई पटक सरकार परिवर्तन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?