+
+

संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते २२:००
सरकारले बनाएको वार्ता टोलीका संयोजक पूर्णबहादुर खड्का ।

२१ वैशाख, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा सहजीकरण समिति बनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको समितिमा अर्थमन्त्री प्रकाशरण महत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, कानुनमन्त्री धनराज गुरुङ सदस्य छन् । यस्तै मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला सचिव कृष्णहरि पुष्कर, रक्षासचिव किरण अधिकारी र कानुन सचिव धनराज ज्ञवाली समिति सदस्य छन् ।

समितिका संयोजक खड्काले बिहीबार नै कर्मचारी संगठनका नेताहरुसँग कुराकानी गर्ने तयारी गरेका छन् । यसअघि कर्मचारी संगठनका नेताहरुले बिहीबार नै विज्ञप्ति जारी गरी पूर्वघोषित आन्दोलन स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?