+

गर्मीमा खर्बुजा रुचाउनुहुन्छ ? यस्ता छन् फाइदा

२०८० वैशाख  २८ गते १३:५५ २०८० वैशाख २८ गते १३:५५
Shares
गर्मीमा खर्बुजा रुचाउनुहुन्छ ? यस्ता छन् फाइदा

गर्मीको समय छ, शरीरले शीतल कुराको चाह राख्छ । यस्तोमा खर्बुजा तिर्खा मेटाउन र शरीरमा पानीको मात्रा सन्तुलित गर्न उपयुक्त फलफूल बन्न सक्छ । खर्बुजामा प्रशस्त मात्रामा भिटामिन सी, ए, खनिज, पोटासियम, फाइबर, लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले विभिन्न रोग लाग्नबाट जोगाउँछ ।

खर्बुजाका फाइदा

रक्तचाप नियन्त्रण : अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनअनुसार खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

पाचन प्रणाली : खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ । कब्जियत हुनबाट जोगाउँछ ।

शरीरमा पानीको मात्रा : खर्बुजामा ९० प्रतिशतभन्दा पानी र प्रशस्त मात्रामा खनिज पाइन्छ । यसले शरीरबाट बाहिर जाने पानीलाई खर्बुजाको सेवनले सन्तुलित पार्छ ।

दम : खर्बुजामा पाइने भिटामिन सीले दमको रोग लाग्नबाट जोगाउँछ ।

क्यान्सर : खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एन्टिअक्सिडेन्टले क्यान्सर कोष वृद्धिलाई रोक्छ र फ्री-रेडिकल बन्न दिंदैन । त्यसैगरी यसमा पाइने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनले देखाएको छ ।

छाला : खर्बुजाले शरीरका तन्तुहरु, छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाइने भिटामिन एले यो जरुरत पूरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

खर्बुजाको रातो तत्व जसलाई लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन लाभदायिक हुन्छ । यसले अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ । यसबाहेक यसले शरीर गलेको, दुखाइ कम गर्न र पूmर्तिलो बनाउन मद्दत गर्छ ।

बेफाइदा

यसको खासै केही बेफाइदा छैन । यसको एलर्जी हुनेले नखाँदा हुन्छ । साथै खर्बुजामा प्राकृतिक चिनी अत्यधिक हुने भएकाले मधुमेह भएका बिरामीले सक्दो सेवन नगर्दा राम्रो मानिन्छ । तर खानै नहुने होइन, सन्तुलित रुपमा खान मिल्छ ।

कुन समयमा खाने खर्बुजा ?

खर्बुजा खाली पेटमा खानु हुँदैन । खाना खाइसकेपछि वा केही खाइसकेपछि मात्र खानुपर्छ, यो बिहान खाना आइसकेपछि वा दिउँसो खान सकिन्छ । बेलुका पनि नखाँदा राम्रो मानिन्छ । किनकि यसमा प्राकृतिक चिनीको र पानीको मात्रा बढी हुने भएकाले बारम्बार पिसाब लाग्ने वा तौल बढ्ने सक्ने सम्भावना हुन्छ ।

कसरी थाहा पाउने विषादीयुक्त खर्बुजा ?

बाहिर हेरेर खर्बुजामा विषादी हाले नहालेको थाहा पाउन सकिंदैन । यसको ल्याब टेस्ट गर्नुपर्ने हुन्छ । तर हामीले खर्बुजा किन्नुअघि त्यो कहाँबाट ल्याएको भनेर स्रोत थाहा पाएर मात्र किनेर खाँदा उपयुक्त हुन्छ ।

खर्बुजा गर्मीयाम
लीलबहादुर नेपाली
लेखक
लीलबहादुर नेपाली
पोषणविद्

नेपाल स्वास्थ्य व्यवसायी परिषद् दर्ता नम्बर : ए-टी : १७३५ अध्ययन : जनस्वास्थ्य र पोषण विज्ञानमा स्नातकोत्तर हाल यूएसएआईडी-सुहारा-हेलेन केलर इन्टरनेसनलमा पोषण र स्वास्थ्य सल्लाहकारको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

साना कुकुरले टोक्दा रेबिज सर्दैन भन्ने बुझाइ गलत

साना कुकुरले टोक्दा रेबिज सर्दैन भन्ने बुझाइ गलत

क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

क्यान्सरबारे सुनिने १० भ्रम र त्यसको सत्य

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ