+

गर्मीमा खर्बुजा रुचाउनुहुन्छ ? यस्ता छन् फाइदा

२०८० वैशाख  २८ गते १३:५५ २०८० वैशाख २८ गते १३:५५
गर्मीमा खर्बुजा रुचाउनुहुन्छ ? यस्ता छन् फाइदा

गर्मीको समय छ, शरीरले शीतल कुराको चाह राख्छ । यस्तोमा खर्बुजा तिर्खा मेटाउन र शरीरमा पानीको मात्रा सन्तुलित गर्न उपयुक्त फलफूल बन्न सक्छ । खर्बुजामा प्रशस्त मात्रामा भिटामिन सी, ए, खनिज, पोटासियम, फाइबर, लाइकोपिन र एन्टिअक्सिडेन्ट पाइन्छ । जसले विभिन्न रोग लाग्नबाट जोगाउँछ ।

खर्बुजाका फाइदा

रक्तचाप नियन्त्रण : अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनअनुसार खर्बुजा खाने व्यक्तिमा उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

पाचन प्रणाली : खर्बुजामा प्रशस्त मात्रामा पाइने पानी र फाइबरले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ । कब्जियत हुनबाट जोगाउँछ ।

शरीरमा पानीको मात्रा : खर्बुजामा ९० प्रतिशतभन्दा पानी र प्रशस्त मात्रामा खनिज पाइन्छ । यसले शरीरबाट बाहिर जाने पानीलाई खर्बुजाको सेवनले सन्तुलित पार्छ ।

दम : खर्बुजामा पाइने भिटामिन सीले दमको रोग लाग्नबाट जोगाउँछ ।

क्यान्सर : खर्बुजामा पाइने भिटामिन सी तथा अन्य एन्टिअक्सिडेन्टले क्यान्सर कोष वृद्धिलाई रोक्छ र फ्री-रेडिकल बन्न दिंदैन । त्यसैगरी यसमा पाइने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनले देखाएको छ ।

छाला : खर्बुजाले शरीरका तन्तुहरु, छाला तथा रौंको वृद्धिको लागि भिटामिन ए जरुरी हुन्छ । खर्बुजामा पाइने भिटामिन एले यो जरुरत पूरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

खर्बुजाको रातो तत्व जसलाई लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन लाभदायिक हुन्छ । यसले अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ । यसबाहेक यसले शरीर गलेको, दुखाइ कम गर्न र पूmर्तिलो बनाउन मद्दत गर्छ ।

बेफाइदा

यसको खासै केही बेफाइदा छैन । यसको एलर्जी हुनेले नखाँदा हुन्छ । साथै खर्बुजामा प्राकृतिक चिनी अत्यधिक हुने भएकाले मधुमेह भएका बिरामीले सक्दो सेवन नगर्दा राम्रो मानिन्छ । तर खानै नहुने होइन, सन्तुलित रुपमा खान मिल्छ ।

कुन समयमा खाने खर्बुजा ?

खर्बुजा खाली पेटमा खानु हुँदैन । खाना खाइसकेपछि वा केही खाइसकेपछि मात्र खानुपर्छ, यो बिहान खाना आइसकेपछि वा दिउँसो खान सकिन्छ । बेलुका पनि नखाँदा राम्रो मानिन्छ । किनकि यसमा प्राकृतिक चिनीको र पानीको मात्रा बढी हुने भएकाले बारम्बार पिसाब लाग्ने वा तौल बढ्ने सक्ने सम्भावना हुन्छ ।

कसरी थाहा पाउने विषादीयुक्त खर्बुजा ?

बाहिर हेरेर खर्बुजामा विषादी हाले नहालेको थाहा पाउन सकिंदैन । यसको ल्याब टेस्ट गर्नुपर्ने हुन्छ । तर हामीले खर्बुजा किन्नुअघि त्यो कहाँबाट ल्याएको भनेर स्रोत थाहा पाएर मात्र किनेर खाँदा उपयुक्त हुन्छ ।

खर्बुजा गर्मीयाम
लीलबहादुर नेपाली
लेखक
लीलबहादुर नेपाली
पोषणविद्

नेपाल स्वास्थ्य व्यवसायी परिषद् दर्ता नम्बर : ए-टी : १७३५ अध्ययन : जनस्वास्थ्य र पोषण विज्ञानमा स्नातकोत्तर हाल यूएसएआईडी-सुहारा-हेलेन केलर इन्टरनेसनलमा पोषण र स्वास्थ्य सल्लाहकारको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय