+

लामो समय मोबाइलमा कुरा गर्दा उच्च रक्तचापको जोखिम हुन्छ ?

२०८० वैशाख  २८ गते १८:५३ २०८० वैशाख २८ गते १८:५३
लामो समय मोबाइलमा कुरा गर्दा उच्च रक्तचापको जोखिम हुन्छ ?

काठमाडौं । तपाईं फोनमा कति समय कुरा गर्नुहुन्छ ? हालैको एक अध्ययनले मोबाइलमा लामो समय कुरा गर्नेलाई उच्च रक्तचापको जोखिम हुने खुलासा गरेको छ । युरोपियन सोसाइटी अफ कार्डियोलोजी (ईएससी)ले गरेको एक अध्ययनले ३० मिनेटभन्दा बढी मोबाइलमा लगातार कुरा गर्ने व्यक्तिको रक्तचाप बढ्न सक्ने देखाएको छ । यो अध्ययन चीनको साउथ मेडिकल विश्वविद्यालयसँगको सहकार्यमा भएको हो ।

अध्ययनका लेखक प्रोफेसर सियानहुई किन भन्छन्, ‘मानिसहरू आफ्नो सबैभन्दा बढी समय मोबाइलमा बिताउँछन् । त्यसमा पनि ३० मिनेटभन्दा बढी कुरा गर्नु मुटुको लागि जोखिम छ, त्यसैले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।’ यद्यपि यसमा अझै अध्ययन हुन आवश्यक रहेको उनी बताउँछन् ।

अध्ययनको नतिजा

उक्त अध्ययनले विश्वको कुल जनसंख्याको दुई तिहाइले मोबाइल फोन प्रयोग गर्ने देखाएको छ । अत्यधिक प्रयोग गर्दा मोबाइलले रेडियो तरंग छोड्छ, जसले उच्च रक्तचापको जोखिम बढाउन सक्ने अध्ययनले जनाएको छ । मोबाइल फोन प्रयोगसँगै यसमा फोन कलले प्रभाव पार्छ कि पार्दैन भन्ने कुराको खोज पनि गरिएको थियो । अध्ययनमा बेलायतको यूके बायो बैंकको तथ्यांक प्रयोग गरिएको छ ।

१२ वर्ष लगाएर गरिएको अध्ययनमा उमेर, लिंग, बडी मास इन्डेक्स, जात-समुदाय, अभाव, उच्च रक्तचापको पारिवारिक इतिहास, धुम्रपान अवस्था, रक्तचाप, रगतमा ग्लुकोजको विश्लेषण गरेपछि निस्कर्ष निकालेको प्रोफेसर सियानहुई बताउँछन् ।

मोबाइल प्रयोग नगर्नेको तुलनामा मोबाइल फोन प्रयोगकर्ताहरूलाई उच्च रक्तचापको जोखिम सात प्रतिशत बढी थियो । यस्तै मोबाइल फोनमा हप्तामा ३० मिनेट वा सोभन्दा बढी कुरा गनेहरुलाई ३० मिनेटभन्दा कम समय बिताउनेको तुलनामा उच्च रक्तचापको नयाँ सुरुवात हुने सम्भावना १२ प्रतिशत बढी थियो ।

जियानहुईका अनुसार यस्तो नतिजा आए पनि यससँगै ठोस प्रमाण जुटाउन अझै थप अध्ययन जरुरी छ । तर पनि मुटुको स्वास्थ्यको लागि पनि मोबाइल कल कम गर्नु बुद्धिमानी हुने जियानहुई सुझाउँछन् ।

यस विषयमा नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विभागका प्रमुख डा. रञ्जित शर्मा यसबारे धेरै अध्ययन अनुसन्धान भइसकेपछि मात्र केही भन्न सकिने बताउँछन् ।

‘घण्टौंसम्म कुरा गर्दा सुखदेखि दुःखका समेत कुरा हुन सक्छन् । तनावग्रस्त कुरा हुँदा त्यसले व्यक्तिमा उच्च रक्तचाप बढाउन सक्ला, ‘डा. शर्मा भन्छन्, ‘अध्ययनमा भनेजस्तै मोबाइलबाट निस्कने रेडियो फ्रिक्विनेसीले नै रक्तचाप बढाउँछ भन्ने कुराको थप अध्ययन बृहतस्तरमा हुन जरुरी हुन्छ । अहिले नै ठ्याक्कै फोन गरेर नै उच्च रक्तचाप बढ्छ भनेर किटान गर्न सकिने अवस्था छैन ।’

उनी अगाडि भन्छन्, ‘अहिले देखिएको निष्कर्षलाई बलियो बनाउने थप आधारहरुका खोजी र अध्ययनपछि निर्देशिकामा आउला । यसलाई आधार मानेर मात्रै टिप्पणी गर्नु उपयुक्त नहोला ।’

अस्तव्यस्त जीवनशैलीकै कारण युवादेखि वृद्धसम्ममा रक्तचापको समस्याले सताएको देखिन्छ । यससँगै लामो समयसम्म मोबाइल चलाउँदा व्यक्तिको जीवनशैली निष्क्रियतातर्फ बढ्न गई मानसिक तथा शारीरिक स्वास्थ्यमा असर गर्ने हुँदा त्यसको कम प्रयोग गर्न डा. शर्मा सुझाउँछन् ।

उच्च रक्तचाप मोबाइल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?