२९ वैशाख, काठमाडौं । नेकपा एमाले निकट युवा–विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
राजधानी उपत्यकाको रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपास सहित शक्ति प्रदर्शन गर्ने भएको हो ।
‘युवा दिवसलाई यसपटक हामी शक्ति प्रदर्शनमा मनाउँदैछौं। त्यो शक्ति प्रदर्शन एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध पनि हुनेछ’, राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले भने ।
उनका अनुसार, शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने लक्ष्य लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4