
२ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।
एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १–० ले हराउँदै पुलिसले रेलिगेसन जोड छाडेको छ ।
पुलिसको जितमा ६१ औं मिनेटमा विदेशी फरवार्ड मोसेसले गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै पुलिस १८ खेलबाट २२ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।
पराजित एपीएफको समान खेलबाटै २२ अंक रहे पनि हेड टु हेडमा पछि रहँदै ११औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4