७ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले आइतबार पनि सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन नबुझाउने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार सरकारी वकिलसँग समन्वय गरेर काम भइरहेको छ । आइतबार राति काम सकेर भोलि विहान अनुसन्धान प्रतिवेदन बझाउने तयारी रहेको उनले बताए ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरी जिल्ला अदालतमा मुद्दा पेश गर्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा हालसम्म १६ जना पक्राउ परेका छन् ।
जसमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, गृहमन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राईलगायत रहेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4