+
+

करिश्मा मानन्धर र आकाश अधिकारीलाई मुम्बईमा दादासाहेब फाल्के फाउन्डेसन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते ११:३२

काठमाडौं । नेपाली फिल्म निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३’ प्रदान गरिएको छ । आइतबार बेलुका मुम्बईमा आयोजित समारोहमा उनीहरुले अवार्ड ग्रहण गरे ।

नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको लामो योगदानको कदर गर्दै उनीहरुलाई अवार्ड प्रदान गरिएको हो । भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्के फाउण्डेसनले अवार्ड प्रदान गरेको हो ।

‘स्वर्ग मैले सुनेको मात्रै छु । देखेको छैन । स्वर्ग त्यही हो जुन मेरो देश नेपाल हो । त्यसपछिको स्वर्ग महाराष्ट्र मुम्बईलाई मान्छु, जहाँ मैले काम सिक्ने मौका पाएँ,’ अवार्ड ग्रहण गर्दै निर्देशक अधिकारीले भने । सन् २०२२ मा अवार्ड दिने भनिए पनि कोभिडको कारण प्रभावित बनेपछि बल्ल अहिले प्रदान गरिएको हो ।

उक्त अवसरमा भारतीय फिल्म निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?