+
+

कान्स रेडकार्पेटमा चम्किए विश्व सेलिब्रिटी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १६:५५

काठमाडौं । कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा हाइप्रोफाइल सेलिब्रिटीको उपस्थिति बाक्लिंदो छ । विश्व फिल्म र संगीत सेलिब्रिटीले दैनिकजसो कान्समा उपस्थिति जनाइरहेका छन् । जेनिफर लरेन्स आफू अभिनित फिल्म ‘एनाटोमी अफ फल्स’का लागि रेडकार्पेटमा चम्किंदा ब्ल्याकपिंक स्टार जेनी पनि देखिइन् ।

विश्वचर्चित गायक विकेन्ड पनि रेडकार्पेटमा जेनीलाई अँगालो हालिरहेको अवस्थामा देखिए । एचबीओको मौलिक सिरिज ‘द आइडल’को प्रिमियरमा गायक समेत रहेका विकेन्ड को-एक्टर लिली रोज डीपसँगै उपस्थित रहे । मंगलबार ब्ल्याकपिंककी जेनी किमसहित हलिउड सेलिब्रिटीले पनि रेडकार्पेट तताए ।

यस वर्ष ओस्कार अवार्ड जितेकी एसियाली अमेरिकी अभिनेत्री मिसेल योह हरियो गाउनमा आकर्षक देखिइन् । आफ्नो पछिल्लो फिल्म ‘फायरब्राण्ड’को प्रिमियरमा उनी ब्यालेन्सियागाको पहिरनमा प्रस्तुत थिइन् । सुपरमोडल गिगी हदिदले पनि यसपटक कान्स रेडकार्पेट तताइन् । कान्स सुरु भएदेखि बलिउड र हलिउड अभिनेत्रीहरुले सौन्दर्यको जादू छरिरहेका छन् ।

विश्वकै ठूलो र प्रतिष्ठित मानिने कान्सको २०२३ को संस्करण १६ मेदेखि २७ सम्म फ्रान्सको रिभेरिया सहरमा आयोजना भइरहेको छ ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?