+
+

चिनेको मान्छेको मृत्यु भयो भनेर फेसबुकमा मेसेज त आएको छैन ? सावधान लिंक नखोल्नुस्

एजेन्सी एजेन्सी
२०८० जेठ २२ गते १३:०५

फेसबुकमा पछिल्लोपटक ह्याकरहरुले एक नयाँ ठगी अर्थात् स्क्याम सुरु गरेका छन् । यसमा ह्याकरहरुले एउटा लिंकको मद्दतले प्रयोगकर्ताका व्यक्तिगत जानकारी तथा पैसासमेत चोरी गर्ने गरेका छन् ।

Look Who Just Died नामक स्क्यामका बारेमा अष्ट्रेलियाले चेतावनी जारी गरेको हो । यो स्क्यामलाई कुनै यस्तो व्यक्तिको मृत्युको दाबी गर्दै व्यक्तिगत जानकारी तथा रकम चोरी गर्नका लागि डिजाइन गरिएको हुन्छ जसलाई सम्बन्धित प्रयोगकर्ताले चिनेको हुन्छ । सोसल मिडिया प्लाटर्फममा ह्याकरहरुले प्रयोग गरेको लुक हु जस्ट डाइड स्क्याम सबैभन्दा नयाँ काण्ड हो ।

मिडिया रिपोर्ट अनुसार ह्याकरहरुले फेसबुक तथा इनस्टाग्राम प्रयोगकर्ताको साथी बनेर मेसेज गर्दछन् । उक्त मेसेजमा लेखिएको हुन्छ Look Who is Just Died अर्थात् हेर्नुहोस् भर्खरै कसको मृत्यु भयो । त्यसमा एउटा समाचार आलेख जस्तै लिंक शेयर गर्दछन् । मेसेजमा निकै दु:खित वा मलाई थाहा छ कि तपाईंले उहाँलाई चिन्नुहुन्छ जस्ता शब्दहरू पनि लेखिएका हुन्छन् ताकि मेसेज प्राप्त गर्ने प्रयोगकर्ताहरुले आफ्नो चिनजानको व्यक्तिको मृत्यु भएको कुरा पत्याउन् ।

जब प्रयोगकर्ताले उक्त लिंकमा क्लिक गर्दछन्, स्क्यामर वा ह्याकरले लिंकमा रहेको हानिकारक सफ्टवेयरको मद्दतले प्रयोगकर्ताको फेसबुक अकाउन्टको लगइन प्राप्त गर्दछन् । ती विवरणको सहयोगमा ह्याकरहरुले प्रयोगकर्ताको अकाउन्टमा धावा बोल्दछन् र अकाउन्टमाथि पूर्ण नियन्त्रण कायम गर्दछन् । यसबाट तपाईंको फेसबुकका सबै जानकारीहरु ह्याकरको हातमा पुग्दछन् ।

यसरी प्राप्त गर्दछन् आइडी पासवर्ड

वास्तवमा ह्याकरहरुले कथित मृत्युको बारेमा लेख पढ्नका लागि प्रयोगकर्तालाई आफ्नो फेसबुक युजरनेम तथा पासवर्ड हाल्न लगाउँछन् । फर्जी खबरको लिंकमा मालवेयर हुन्छ जसले फेसबुक प्रयोगकर्ताबाट लगइन जानकारी तथा व्यक्तिगत जानकारी चोर्ने अनुमति दिन्छ ।

त्यसपछि तपाईंलाई आफ्नै फेसबुक अकाउन्टबाट बाहिर निकाल्दै ह्याकरले तपाईंको फेसबुक अकाउनट आफ्नो कब्जामा लिन्छन् । अनि सोही फेसबुक अकाउन्टबाट तपाईंका साथीहरुलाई पनि त्यस्तै खालका फर्जी मेसेज पठाएर श्रृंखलावद्ध रुपमा फेसबुक अकाउन्टहरु कब्जामा लिन्छन् । त्यसपछि ह्याकरले फेसबुक अकाउन्टसँग सम्बन्धित सबै जानकारीहरु हात पार्दछन् जस्तै इमेल ठेगाना, फोन नम्बर, जन्ममिति आदि ।

फेसबुक अकाउन्टमा रहेका व्यक्तिगत जानकारीहरु प्रयोग गरेर ह्याकरले प्रयोगकर्ताका अन्य अनलाइन अकाउन्टमा समेत आक्रमण गर्न थाल्दछन् ।

त्यसैले साइबर सुरक्षा विज्ञहरुले सोसल मिडियामा प्राप्त हुने कुनै पनि शंकास्पद मेसेजको लिंकलाई क्लिक नगर्न अनुरोध गर्दछन् । यदि तपाईंलाई फेसबुकमा कुनै पनि साथीको नामबाट कुनै लिंकसहितको मेसेज आयो भने त्यसलाई एकिन गर्नका लागि पहिले साथीलाई फोन गरेर मात्र क्लिक गर्नुपर्दछ ।

अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग स्क्यामवाचका अनुसार यो वर्ष २०२३ मा मात्रै अष्ट्रेलियामा यस्तो खालका अनलाइन ठगीबाट अष्ट्रेलियालीहरुले १ करोड १५ लाख डलरभन्दा बढी रकम गुमाइसकेका छन् ।

एक रिपोर्ट अनुसार बेलायतमा हरेक सात मिनेटमा एकजना ग्राहक दुईवटा सोसल मिडिया प्लाटर्फममा एउटा अनलाइन सपिंग स्क्यामको सिकार बन्दछन् । यसप्रकार बेलायती सोसल मिडिया प्रयोगकर्ताहरुले हरेक हप्ता यस्ता अनलाइन ठगीबाट पाँच लाख पाउण्ड गुमाइरहेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?