+

बच्चालाई झाडापखाला लाग्दा के गर्ने ?

२०८० जेठ  २३ गते १७:३९ २०८० जेठ २३ गते १७:३९
Shares
बच्चालाई झाडापखाला लाग्दा के गर्ने ?

गर्मीयाम झाडापखाला लाग्ने समय पनि हो । झाडापखालाबाट बालबालिका धेरै प्रभावित हुन्छन् । त्यसमाथि साना बालबालिकालाई झाडापखाला लागे थप तनाव हुन्छ ।

अन्य उमेरका मानिसलाई झाडापखाला लागेमा खासै आत्तिनु पर्दैन । खानपान र सरसफाइमा ध्यान दिन सके चाँडै निको भइहाल्छ । तर बच्चालाई झाडापखाला लागेमा भने केही कुरामा विशेष ध्यान दिनैपर्छ ।

यसो भन्दैमा बच्चालाई झाडापखाला लाग्ने बित्तिकै अस्पताल भर्ना गरिहाल्नुपर्छ भन्ने होइन । यदि झाडापखाला भए पनि बच्चा तन्दुरुस्त छ, खानेकुरा र पानी राम्ररी खाइरहेको छ भने  डराउनु पर्दैन । तर एक वर्षमुनिका बच्चालाई भने अस्पताल लगिहाल्नु राम्रो हुन्छ ।

झाडापखालाको कारण

बासी, ढुसी परेको र दूषित खाना खाँदा, दूषित पानी वा दूध पिउँदा, पेटमा जुका पर्दा, दिसा गरेपछि राम्रोसँग हात नधुँदा र प्रदूषित वातावरणले झाडापखाला लाग्छ ।

गर्मीयाममा छोटो समयमा नै खानेकुरा गन्हाउने, ढुसी पर्ने भएकाले सरसफाइ र खानपानमा बच्चाको ध्यान दिन नसकेमा उनीहरुलाई झाडापखालाले पिरोल्ने गर्छ । एक वर्षभन्दामुनिका बच्चाहरु बामे सर्ने र अलिअलि हिंड्न थाल्ने भएकाले हातमा फोहोर धेरै टाँसिन जान्छ । त्यही फोहोर हात मुखमा पुर्‍याउँदा कीटाणु पेटभित्र जान्छ र पखाला लाग्छ ।

बच्चालाई धेरै झाडापखाला लाग्नुको कारण

६ महिनापछिका बच्चाले दूधसँगै अन्य खानेकुरा पनि खान थाल्छन् । त्यसक्रममा सरसफाइमा ध्यान नपुग्दा झाडापखाला लाग्ने सम्भावना हुन्छ । त्यसमाथि बच्चाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले सजिलै झाडापखालाले समात्छ ।

लक्षण

झाडापखाला लाग्दा पेट दुख्ने, बान्ता आउने, पातलो दिसा धेरैपटक आउने, ज्वरो आउने, जिब्रो सुख्खा हुने, तिर्खा बढी लाग्ने, शरीर आलस्य हुुने, हिंडडुल गर्न गाह्रो हुने हुन्छ ।

उपचार

बच्चालाई झाडापखाला लागेको छ भने प्रशस्त मात्रामा जीवनजल खुवाउने, गेडागुडीको रस, कागती पानी, फलफूलको जुस, काँक्रोलगायतका झोलियो कुरा खुवाउन सकिन्छ । बच्चाले जति मात्रामा पखाला गर्छ, त्यसको दोब्बर झोलियो कुरा खुवाउनुपर्छ । खानपानमा पनि ध्यान दिनुपर्छ । यदि खानेकुरा खान छाडेको छ भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।

जोगाउने तरिका

६ महिनामुनिका बच्चालाई आमाको दूध मात्र खुवाउने, दूध खुवाउनुअघि मनतातो पानीले निप्पल र बच्चाको मुख धुने, ६ महिनाभन्दामाथिका बच्चा भए सरसफाइ र खानपानमा ध्यान दिनुपर्छ ।

खाना खुवाउनु वा खानुअघि साबुन पानीले हात धुने, पानी उमालेर खाने र खुवाउने, पोषकतत्व मिलाएर खुवाउने, बाहिरको खानेकुरा जस्तै जंकफुड नखुवाउने, बच्चाको दिसा सफा गरिसकेपनि आमाले साबुन पानीले मिचिमिची हात धुने, झोलिलो खानेकुरा सेवन गर्ने र पानी धेरै पिउने गर्नुपर्छ ।

भर्खरको शिशुलाई रोटा भाइरसविरुद्धको खोप लगाइदिन सकिन्छ, जुन शिशु ६ हप्ता र १० हप्ताको भएपछि दुईपटक लगाइन्छ । यदि कुपोषण र झाडापखाला लाग्दा रगत पनि देखिएको छ भने चिकित्सकको सल्लाहमा एन्टिबायोटिक पनि दिन सकिन्छ ।

(बाल तथा शिशुरोग विशेषज्ञ डा. सुवेदी मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

झाडापखाला बालबच्चा
डा. रामभक्त सुवेदी
लेखक
डा. रामभक्त सुवेदी
न्युरोलोजिस्ट तथा बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६६३९ अध्ययन : एमबीबीएस, एमडी पेडियाट्रिक (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) हाल मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?