+
+

इजलासमा प्रश्न : प्रेम राईमाथि किन अनुसन्धान भएन ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २४ गते १७:४३

२४ जेठ, काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि किन अनुसन्धान भएन भनेर प्रश्न उठेको छ।

प्रहरीले यो प्रकरणमा मुख्य आरोपीमध्ये एक मानेको सानु भण्डारीका कानून व्यवसायी विनोद शर्माले शरणार्थी प्रकरणको सुरुवातमा गृहसचिव रहेका प्रेमकुमार राईविरुद्ध किन अनुसन्धान नभएको भन्दै प्रश्न गरेका हुन् ।

केही आरोपीलाई बयानमा पोलिएकै आधारमा मात्रै प्रतिवादी बनाइएको तर केहीमाथि प्रारम्भिक अनुसन्धान पनि नभएको भन्दै अधिवक्ता शर्माले राईमाथि किन अनुसन्धान नभएको भनी प्रश्न उठाएका हुन् ।

‘बयानमा प्रेमकुमार राईको गाडीको डिकीमा लगेर पैसा हालिदिएको भन्ने आएको छ, त्यो पनि सबैभन्दा संवेदनशील गृह मन्त्रालय जस्तो ठाउँ हो, दिएको हो कि होइन, खोइ त्यो विषयमा अनुसन्धान?’, अधिवक्ता शर्माले इजलासमा भने, ‘गृह मन्त्रालयमा त्यसबेलाको सीसी टीभी होला, मन्त्रालय छिर्नलाई अनुमति लिएको विषय होला। तर, श्रीमान् यो विषयमा किन अनुसन्धान भएन ?’

उस्तै किसिमले अरु व्यक्तिको नाम लिने वित्तिकै प्रतिवादी बनाइएको भन्दै उनले भने, ‘श्रीमान् कुखुरोको चल्लो हो र ? चल्लो भए थाहा हुन्नथ्यो होला। तर, यो त हात्ती चोरी भए जस्तो हो । तर खोइ किन अनुसन्धान भएन, श्रीमान् ?’

सरकारीले वकिलले यो प्रकरणमाथि अन्तर्राष्ट्रिय तहको नजर रहेको जिकिर गर्दै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरेका थिए । तर, भण्डारी पक्षका वकिल शर्माले देशी–विदेशीले देखिरहेको छ भन्ने हो भने त्यस्तो अनुसन्धानको हबिगत किन यस्तो कमजोर भएको भन्दै प्रश्न गरे ।

‘साबिती बयानबाहेक प्रमाण केही छैन, करोडौं उठाएको भए एक रुपैयाँ किन बरामद भएन ?’, शर्माले भने, ‘उनले आत्मदाह गर्ने बताएको सरकारी वकिलले नै भनेका छन्। उनकै घर लिलामी छ । कसरी बाँच्ने भन्ने भएको छ । यस्तो मान्छे त पीडित हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?