+

अनुहारमा चमक ल्याउन यसरी गर्न सकिन्छ फेस योगा

२०८० जेठ  ३० गते १३:१२ २०८० जेठ ३० गते १३:१२
अनुहारमा चमक ल्याउन यसरी गर्न सकिन्छ फेस योगा

सुन्दर र आकर्षक देखिनका लागि मानिसले विभिन्न उपाय लगाइरहेका हुन्छन् । विभिन्न प्रकारका क्रिम, उपचार र अन्य धेरै उपायको सहारा लिइरहेका हुन्छन् । यी सबैले अनुहारमा चमक ल्याउने भए पनि बढ्दो उमेरसँगै अनुहारमा देखिने प्रभावलाई कम गर्न भने सक्दैन ।

यस्तो अवस्थामा अनुहारको लागि व्यायाम निकै उपयोगी साबित हुन सक्छ । यसका लागि ‘फेस योगा’ गर्न सकिन्छ । जसरी योगा स्वास्थ्यको लागि महत्वपूर्ण छ, त्यसैगरी अनुहारको लागि पनि उत्तिकै फाइदाजनक छ । आफ्नो अनुहारलाई आकर्षक बनाउन ‘फेस योगा’ कसरी गर्ने, के छन् यसका फाइदा ? जानौं ।

के हो फेस योगा ?

अनुहारको मांसपेशीको व्यायाम नै फेस योगा हो । यसले अनुहारको मांसपेशीलाई लचिलो, रक्तसञ्चार राम्रो गराउने, आराम दिने, पोषण दिने र छालामा हुने उमेरको प्रभावलाई पनि कम गर्न सकिन्छ ।

के कस्ता योग गर्र्ने ?

सिंह मुद्रा

सिंहासन योग सिंहले गर्जिने क्रममा मुख खोले जसरी गरिन्छ । यसले मुखको मांसपेशीलाई बलियो बनाउँछ । सिंह मुद्राले अनुहारका सबै मांसपेशीलाई कसिलो, रक्तसञ्चार चुस्त गराउनुका साथै चमक पनि ल्याउँछ । यो अनुहारको लागि उत्तम योगामध्ये एक हो ।

विधि

-सबैभन्दा पहिला भुईंमा एउटा म्याट ओछयाउने । यो विधि बेडमै बसेर गर्न पनि सकिन्छ ।

-सुखासनमा बस्ने र हातले म्याटमा टेक्ने । हातका औंलाहरु दुवै घुँडानजिक फैलाउने । यो अवस्थामा कुहिनो सिधा हुनुपर्छ ।

-आफनो मुख राम्रोसँग खोल्ने, जिब्रोलाई बाहिर निकालेर तल पु¥याउने, जिब्रो फैलाएर सिंह जस्तै गजिर्ने जसले अनुहारको मांसपेशीमा दबाब पुगोस् ।

-हरेक दिन बिहान दुई वा चार पटक दोहो¥याउने ।

ट्याप

आफ्नो औंलाको टुप्पोले पूरै अनुहार र घाँटीमा बिस्तारै ट्याप गर्ने अर्थात् (औंलाको माध्यमले अनुहारमा छिटोछिटो दबाब  दिएर वार्मअप गरेर आफ्नो दिनचर्या सुरु गर्नु महत्त्वपूर्ण छ । यसले छालालाई जागृत गराई रक्तसञ्चार बढाउँछ र इलास्टिन र कलेजनको उत्पादन गर्छ । ट्यापिङले मानसिक रूपमा केन्द्रित गराई वर्तमान क्षणमा भइरहेको क्रियाकलापबारे सचेत गराउँछ ।

विधि

-आफ्नो औंलाहरूको टुप्पोको माध्यमले आफ्नो निधारमा ट्याप गर्दै दबाब दिने, कञ्चटको बीचबाट ट्याप ट्याप गर्न सुरु गर्ने र कञ्चटतर्फ लैजाने गर्नुपर्छ ।

-चिउँडोबाट सुरु गरी नाकको बेस हुँदै आफ्नो गालामा ट्याप ट्याप गर्ने ।

-चिउँडोको हड्डीदेखि गालाको हड्डीसम्म आफ्नो गालालाई माथिको गतिमा ट्याप गरिरहने ।

-माथिल्लो ओठको माथि करिब तीन सेकेन्डसम्म ट्याप गर्ने, त्यसपछि तल्लो ओठको तल केही सेकेन्डसम्म ट्याप ट्याप गर्ने ।

ह्याप्पी फ्रग

भ्यागुतो खुसी भएको जस्तो हाउभाउ बनाउनुलाई ‘ह्याप्पी फ्रग’ भनिन्छ । उमेर बढ्दै जाँदा अनुहारको आयतन घट्छ । यो पोजले झोल्लिएको गालालाई कसिलो पार्छ र भरिलो देखिन्छ ।

यो मुद्रामा तल्लो ओठ र माथिको ओठ जोडेर टम्म बनाएर मुस्कुराइन्छ । यो अभ्यास २०  पटक दोहोर्‍याउने ।

चुम्बन र मुस्कान

यो अभ्यासमा केहीबेर मुस्कुराउने र केहीबेर चुम्बन गरेको जस्तो ओठ बनाउने गरिन्छ । यसले गालालाई चाउरी पर्न दिंदैन ।

विधि

-चोर औंला र माझी औैंलाले ओठको छेउमा लगेर राख्ने ।

-त्यसपछि मुख बन्द गरेर चुम्बन गरेको जस्तो आकार बनाउने अनि मुस्कान दिने ।

– चुम्बन आसनमा १० सेकेन्ड बस्ने र त्यसपछि १० सेकेन्ड जति मुस्कान दिइरहने ।

-त्यसपछि आराम मुद्रामा आउने ।

फिस फेस

यस मुद्राले अनुहारलाई चमक दिनुका साथै ओठलाई गुलाबी देखाउँछ । मांसपेशीको कार्य प्रणालीलाई सुधार्न मद्दत गर्छ ।

विधि

-सबैभन्दा पहिला आँखा बन्द गर्ने ।

-माछाको जस्तो आकृति दिन आफ्नो ओठ र गालालाई भित्रतिर तानेर ३० सेकेण्डसम्म होल्ड गर्ने ।

-त्यसपछि ३० सेकेन्ड मुस्कुराउने ।

-यो योग दिनमा तीनदेखि पाँच पटक गर्ने ।

चिन लिफ्ट

धेरैमा डबल चिनको समस्याले सताएको हुन्छ । डबल चिनले गर्दा हाँस्दा र बोल्दा पनि नसुहाउने देखिन्छ । यस्तो समस्याको समाधानका लागि चिन लिफ्ट योगा हो । साथै, यसले बंगारा र घाँटीको मांसपेशीको कार्यप्रणाली सुधार्न पनि काम गर्छ ।

विधि

-आफ्नो टाउकोमाथि उठाउने र छततिर हेर्ने ।

-आफ्नो ओठमाथि पु¥याउने प्रयास गर्दै छतलाई चुम्बन गर्ने प्रयास गरेजस्तै अगाडि धकेल्ने । यसलाई केही सेकेण्ड गरिरहने ।

-बिस्तारै आफ्नो पहिलाको स्थितिमा फर्कने ।

-यो अनुहार योगाको प्रक्रिया तीनदेखि चार पटक दोहो¥याउने ।

माउथवास टेक्निक

माउथवास टेक्निक योगा एकदमै सजिलो र कुनै पनि समयमा गर्न सकिन्छ । माउथवास विधिले गालालाई टोन गर्नुका साथै अनुहारको अतिरिक्त बोसो हटाउन सहयोग पु¥याउँछ । यो योगा डबल चिनको समस्यामा पनि प्रभावकारी हुन्छ ।

विधि

-मुखमा पानीले कुल्ला गर्दा मुखमा पानी भरेको जस्तै आफ्नो गालालाई आफ्नो मुखमा हावाले भर्ने ।

-जब थकाइ लाग्छ, केही समय आराम गर्ने ।

-यो प्रक्रिया दुई-तीन पटक दोहोर्‍याउने ।

आइ फोकस

यो आँखाको योगले आखीभौंलाई राम्रो र आकर्षक बनाउन मद्दत गर्छ ।

विधि

-आफ्नो आँखा सकेसम्म चौडा फैलाउने । यसो गर्दा आँखीभौं खुम्च्याउनु हुँदैन ।

-अब सकेसम्म टाढाको कुरा हेर्न ध्यान दिने ।

-बिस्तारै नजिकका चीजमा ध्यान दिने ।

-केही सेकेण्डको लागि यो प्रक्रिया दोहो¥याउने, केही सेकेण्ड आराम गर्ने ।

अनुहार फेस योगा
लेखक
सञ्जु थापा, योग प्रशिक्षक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?