काठमाडौं । लिओनल मेस्सीले करियरकै सबभन्दा छिटो गोल गर्दा अर्जेन्टिनाले मैत्रिपूर्ण खेलमा अष्ट्रेलियालाई हराएको छ ।
बिहीबार बेइजिङमा भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० गोल अन्तरले हराएको हो । खेलमा अर्जेन्टिनाका लागि ३५ वर्षीय कप्तानले एक मिनेट १९ सेकेण्डमै गोल गरेका थिए । यो मेस्सीको करियरकै सबैभन्दा छिटो गोल समेत हो ।
विश्व विजेता अर्जेन्टिनाका लागि दोस्रो गोल खेलको ६८औैं मिनेटमा जर्मेन पेज्जेलाले गोल गरे ।
प्रतिक्रिया 4