+
+

रौतहटमा करेन्ट लागेर २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असार २ गते १४:०३

२ असार, रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा शनिबार राति करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

स्थानीय अरुण साहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर संचालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि गौर अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा अरुण साह र सिताबी पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

‘अरुण साहलाई करेन्ट लागेको देखेपछि नजिकै पसलमा रहेका सिताबी पण्डित उनलाई बचाउन गएका थिए’ प्रहरी प्रमुख बुढामगरले भने ‘उपचारका क्रममा मृत्यु भएका दुवै जनाको शव पोष्टमार्टम पश्चात परिवारजनलाई जिम्मा लगाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?