+

नेदरल्याण्ड्सले वेष्टइण्डिजलाई सुपर ओभरमा हरायो, भान बेक बने नायक

२०८० असार  ११ गते २१:४७ २०८० असार ११ गते २१:४७
नेदरल्याण्ड्सले वेष्टइण्डिजलाई सुपर ओभरमा हरायो, भान बेक बने नायक

११ असार, काठमाडौं । लोगन भान बेकको उत्कृष्ट प्रदर्शनको मदतमा नेदरल्याण्ड्सले विश्वकप छनोटमा वेष्ट इण्डिजलाई सुपर ओभरमा हराएको छ । यो हारले वेष्टइण्डिजको विश्वकप लक्ष्यमा धक्का लागेको छ ।

सुपर सिक्समा स्थान बनाइसकेका वेष्ट इण्डिज र नेदरल्याण्ड महत्वपूर्ण २ अंकका लागि खेलेका थिए । हरारेमा टस हारेपछि फिल्डिङको निम्तो पाएको वेष्ट इण्डिजले निकोलस पुरनको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनायो । पुरन १०१ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सले तेजा निदामारुनको शतकको मदतमा ५० ओभरमा ९ विकेट गुमाएर ३७४ रन नै बनायो । उसका लागि अन्तिम २ ओभरमा ३० रन चाहिएको थियो र ३ विकेट हातमा थियो । ४९औं ओभरमा भान बेकले दुई चौका र एक छक्का तथा आयन दत्तले एक चौका हानेपछि कुल २१ रन जोड्यो ।

अब अन्तिम ६ बलमा ९ रन चाहियो । पहिलोमै चौका हानेका भान बेकले अर्को बलमा एक रन लिए । तर तेस्रो बलमा वेष्ट इण्डिजका जोसेपले दत्तको विकेट लिए । बलमा बाइमार्फत एक आयो भने पाँचौं बलमा भान बेकले २ रन जोडेपछि बराबरी भयो । अब जितका लागि नेदरल्याण्ड्सलाई अन्तिम बलमा मात्र १ रन चाहिएको थियो ।

तर जोसेपले विकेट लिए । खेल बराबरी भयो र, सुपर ओभरबाट निर्णय हुने भयो ।

सुपर ओभरमा पहिले ब्याटिङ गर्न आएको नेदरल्याण्ड्सका भान बेकले बाउन्ड्रीको बार्षा नै गरे ।

होल्डरको पहिलो बर्षमा चौका हानेका उनले त्यसपछि क्रमशः छक्का, चौका, छक्का, छक्का र चौका हाने । र, नेदरल्याण्ड्सले ३० रन जोड्यो ।

उनै भान वेक बलिङमा आए र ८ रन दिएर वेष्ट इण्डिजको २ विकेट लिँदै नेदरल्याण्ड्सलाई सनसनपूर्ण जित दिलाए ।

यो जितसँगै सुपर ओभरका खेल सुरु गर्नुअघि नै नेदरल्याण्ड्ससँग २ अंक भएको छ । यही समूहबाट गएको जिम्बाव्वेको ४ अंक छ भने वेष्टइण्डिज अंकबिहीन छ ।

अर्को समूहबाट श्रीलंका, स्कटल्याण्ड र ओमान आएको छ । समूह चरणको अन्तिम खेलमा एकआपसमा खेल्नुअघि श्रीलंका र स्कटल्याण्डसँग सुपर ओभरमा २–२ अंक भइसकेको छ । ओमान भने अंकबिहीनछ ।

अब सुपर ओभरमा एउटा समूहबाट आएका सबै टिमले अर्को समूहबाट आएका सबै टिमसँग ३÷३ खेल खेल्नेछन् र शीर्ष दुई टोली विश्वकपमा पुग्नेछ ।

 

नेदरल्याण्ड्स लोगन भान बेक वेष्टइण्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय