+
+

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते २०:१६

१६ असार, काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार अध्यक्ष पदमा भएको निर्वाचनमा सत्याल ६३ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत पाए ।

त्यस्तै उपाध्यक्षमा किरण दाहाल र सिर्जना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा र कोषाध्यक्षमा अमुल थापा निर्वाचत भएका छन् ।

कार्यसमितिको सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना, मीरा बस्नेत र अन्जना लामिछाने चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?