+
+

अब लगइन नगरी ट्वीट हेर्न नसकिने, मस्क भन्छन् – हाम्रा डेटामाथि लुट भैरहेको थियो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते ६:४२

अर्बपति एलन मस्कले खरिद गरेयता माइक्रोब्लगिञ साइट ट्वीटरले विभिन्न नयाँनयाँ प्रयोग गर्दै आएको छ । यहीँ क्रममा शुक्रबारदेखि ट्वीटरले अर्को नयाँ परिवर्तन गरेको छ । जसअनुसार अब ट्वीटरमा लगइन नगरिकन कुनै पनि ट्वीट देख्न सकिनेछैन ।

यसको अर्थ यदि तपाईं कुनै वा कसैको ट्वीट हेर्न चाहनुहुन्छ भने तपाईंले ट्वीटरमा आफ्नो अकाउन्ट खोलेर लगइन गर्नै पर्ने हुन्छ । एलन मस्कले यसलाई अस्थायी आपतकालीन उपाय बताएका छन् ।

के भन्छन् मस्क ?

ट्वीटरका मालिक एलन मस्कका अनुसार यसअघिको सुविधाका कारण ट्वीटरका डेटाहरुमा यतिधेरै लुट भैरहेको थियो कि त्यो सामान्य प्रयोगकर्ताहरुका लागि अपमानजनक थियो ।

मस्कले यसअघि पनि ट्वीटरका डेटा प्रयोग गरेको विषयमा च्याट जीपीटी निर्माता ओपन एआईलगायतका विभिन्न प्लाटर्फमहरुप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

च्याट जीपीटीलगायतले च्याटबटलाई भाषागत प्रशिक्षण दिनका लाागि ट्वीटरका डाटाको प्रयोग गरेर आरोप उनको थियो । स्मरण रहोस् पछिल्लो समयमा ट्वीटरले थर्ड पार्टी एप्स तथा शोधकर्ताहरुबाट समेत एप्लिकेसन प्रोग्रामिंग इन्टरफेसका लागि शुल्क लिनपनि सुरु गरिसकेको छ ।

ट्वीटरमा भिडियो डाउनलोड गर्ने सुविधा

ट्वीटरले प्रयोगकर्तालाई भिडियो डाउनलोड गर्ने सुविधा सुरु गरेको छ । उक्त सुविधा अन्तरर्गत नयाँ डाउनलोड भिडियो अप्सन थप गरिएको छ ।

योसँगै अब प्रयोगकर्ताले कुनै थर्ड पार्टी एप तथा साइटको सहयोग विना नै ट्वीटर प्लाटर्फमबाट सिधै भिडियोहरु डाउनलोड गर्न सक्नेछन् । यद्यपि यो फिचर हालका लागि केवल परीक्षणका लागि केही प्रयोगकर्ताका लागि मात्रै उपलब्ध गराइएको छ ।

एप अनुसन्धानकर्ता समेत रहेका ट्वीटर प्रयोगकर्ता Nima Owji ले यो फिचरका विषयमा जानकारी दिँदै स्क्रिनसटसमेत शेयर गरेका छन् ।

ट्वीटरले भिडियो डाउनलोड बटन फिचरमा काम गरिरहेको भन्दै उनले प्रयोगकर्ताले त्यसलाई सक्रिय वा निस्क्रिय बनाउन सक्ने पनि बताएका छन् ।

ट्वीटरले छिटै नै ट्वीटरले उक्त फिचर आम प्रयोगकर्ताका लागि सुरु गर्ने पनि उनको आँकलन छ । स्मरण रहोस् ट्वीटरले हालैमात्र नयाँ भिडियो एप लञ्च गर्ने घोषणा समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?