+

अत्यधिक रक्सी पिएपछि किन हुन्छ ‘ह्याङओभर’ ?

२०८० असार  १७ गते १४:३१ २०८० असार १७ गते १४:३१
अत्यधिक रक्सी पिएपछि किन हुन्छ ‘ह्याङओभर’ ?

काठमाडौं । पार्टी होस् वा कुनै जमघटपछि वाइन, रक्सीजस्ता पेय पिउने व्यक्तिबाट एउटा शब्द सबैभन्दा बढी सुनिन्छ, ‘ह्याङ्गओभर’ । ह्याङ्गओभर हो चाहिं कस्तो ? जवाफ रक्सी पिएपछि टाउको दुखाइ भन्ने आउन सक्ला । तर मदिरा पिएपछिको ह्याङ्गओभरमा टाउको दुख्ने नभई धेरैखालका समस्या देखिने विश्लेषण छ ।

विज्ञान भन्छ- ‘जब बढी मदिरा पिइन्छ तब ह्याङ्ओभर महसुस हुन्छ। मदिराले केही समय शरीरमा भइरहेको क्रियाकलापलाई केही क्षण बाधा पुर्‍याउँछ । त्यसको प्रभावको रुपमा टाउको भारी हुने, चक्कर आउने र शरीरमा थकान महुसस हुने हुन्छ ।’

अमेरिकी वेबसाइट नेसनल इन्सिच्युट अफ अल्कोहल एब्युज एण्ड अल्कोहलिज्म (एनआईएएए)मा प्रकाशित अध्ययनमा आधारित आलेखअनुसार ह्याङ्गओभरले धेरै पिउने परिणामको रूपमा देखापर्ने लक्षणलाई बुझाउँछ ।

ह्याङ्ओभरका कारण थकान, कमजोरी, तिर्खा, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, उज्यालो र आवाजप्रति संवेदनशील हुने, चिन्ता, चिडचिडापन, पसिना आउने र रक्तचाप बढ्ने लक्षण देखिन्छ । यस्ता लक्षण व्यक्तिपिच्छे फरक-फरक हुन सक्ने सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. सुनिलराम कोइराला बताउँछन् ।

डा. कोइरालाका अनुसार रक्सीमा केही केमिकल हुन्छन्, जसले शरीरलाई केही समय बसमा गरेको जस्तो गराउन सक्छ । पिउने क्रममा व्यक्ति रमाइलो लाग्ने, शान्त, राहत मिलेको, उत्साहित हुने, केहीबेर आत्मबल आएको जस्तो गराउने, दबिएका कुरा सुनाउन मन लाग्ने, चक्कर लाग्ने, कोही एकोहोरो हुने लगायत प्रभाव पार्छ । र, केहीबेरमा प्रभाव कम गर्दै लैजान्छ ।

‘रक्सी पिएको केही अन्तरालपछि मस्तिष्कले सन्तुलन कायम राख्ने प्रयास गर्दा दिमागले केहीबेर आनन्द पाएको अनुभव जस्तो सकारात्मक प्रभावमा तुरुन्तै समायोजन हुन्छ । फलस्वरूप उत्साह कम हुँदै जान्छ । रक्सी खाएको केही अवधिपछि ह्यागओभर देख्न थाल्छ । पिउनुअघि भन्दा बढी बेचैन र चिन्तित महसुस गर्न सक्छन्, ’ डा. कोइराला भन्छन् ।

यद्यपि, सबैमा एकै किसिमको लक्षण देखिन्छ भने नदेखिने उनी बताउँछन् । ‘यो व्यक्तिको शरीरको प्रकृतिमा पनि भर पर्छ । कति पिएपछि कसलाई कतिसम्म ह्याङ्गओभर हुन्छ भन्न मुश्किल हुन्छ,’ डा. कोइराला भन्छन् ।

ह्याओभर कसरी हुन्छ त ?

रक्सी शरीरमा पुगेर बिस्तारै रगतमा मिसिन्छ । रक्सीमा हुने  इथाइल भन्ने केमिकल फर्माल्डिहाइड (विषाक्त पदार्थ)मा परिणत हुन्छ । यसले ह्याङ्ओभरको लक्षणलाई अझ बढाउँछ ।

विभिन्न केमिकलले केन्द्रीय स्नायु प्रणाली तथा दिमागमा केही क्षण असर गर्ने हुँदा टाउको दुख्ने, मुड फ्रेस नहुने,  चक्कर लाग्ने, वाकवाकी लाग्ने, डिहाइड्रेसन गराउने समस्या उत्पन्न हुने डा. कोइराला बताउछन् ।

‘रक्सीले भासोप्रेसिन हार्मोनलाई उत्पन्न हुनबाट रोक्छ । साथै मस्तिष्कले उत्पादन गर्ने एक हार्मोनले मिर्गौलालाई तरल पदार्थ जम्मा गर्न संकेत पठाउँछ । फलस्वरूप अत्यधिक तरल पदार्थ पिउँदा र हार्मोनकै कारण बारम्बार पिसाब लाग्न सक्छ । यसले तरल पदार्थ शरीरबाट बाहिरिन्छ । यसले मध्यम खालको डिहाइड्रेसन गराउँछ, ’ उनी भन्छन् ।

शरीरमा रगतमा रक्सीको मात्रा शून्य हुँदा यसको लक्षण चरममा पुग्छ । ह्याङ्ओभरको लक्षणको प्रभाव पिएपछि केही घण्टामा देखिन थाल्छ, जुन अर्को २४ घण्टासम्म रहन सक्ने डा. कोइराला बताउँछन् ।

ह्याङ्ओभरको प्रभाव महिलामा बढी

डा. कोइरालाका अनुसार यदि महिला र पुरुषले उत्तिकै मदिरा सेवन गर्छन् भने पनि त्यसको प्रभाव पुरुषको तुलनामा बढी महिलामा हुन्छ । कारण महिलाको तुलनामा पुरुषको शरीरमा पानीका मात्रा बढी हुन्छ । जसले गर्दा उनीहरुले सेवन गरेको मदिरा शरीरमा छिट्टै घोलिन्छ । जबकि महिलाहरुले सेवन गर्ने मदिरा रगतमा गएर मिसिने विभिन्न अध्ययनले देखाउँछ ।

अमेरिकी जनरल एनआईएएएका अनुसार व्यक्तिपिच्छे यसको लक्षण फरक–फरक देखिन सक्ने भए पनि केही स्ता लक्षण छन् जुन धेरैमा देखिन्छ ।

निद्रामा असर : रक्सीले व्यक्तिलाई छिटो निद्रा लगाउने र निद्रा दख्खल भइराख्ने पनि हुन्छ, जसकारण छिट्टै उठ्न सक्ने पनि उनीहरुमा गराउन सक्छ । साथै थकान पनि हुन्छ ।

पेट दुख्ने : रक्सी पेटको नलीमा समस्या निम्त्याउँछ जसले एसिडलाई बढाउँछ । जसकारण बान्ता हुने र पेट दुख्ने वा असहज हुन सक्छ ।

एसिटाल्डिहाइड एक्सपोजर : कलेजोले  एसिटाल्डिहाइड योगिक (विषाक्त) बनाउँछ । जसले केही समय आमाशय, कलेजो, मस्तिष्क, जीआई ट्र्याक र अन्य अंग सुन्निन सक्छ । लगातार र दिनहुँ खाएमा रक्सीले हरेक अंगमा असर गर्न सक्छ ।

ह्याङ्ओभरको बारेमा चलेका केही व्यापक भ्रम

भ्रम : कफी पिउने वा नुहाउने जस्ता केही कार्यहरूले ह्याङ्ओभरलाई रोक्न वा निको पार्न सक्छ ।

तथ्य : ह्याङ्ओभरबाट पूर्णतया बच्ने एउटै उपाय भनेको रक्सी नपिउनु वा रक्सीको सेवनलाई न्यूनतम राख्नु हो । ह्याङ्ओभरको समयबाहेक अरू कुनै उपचार छैन ।

भ्रम : पेय पदार्थको मिक्स अर्डरले ह्याङ्ओभरलाई कम गर्छ- चल्तीको अभिव्यक्ति ‘रक्सी भन्दा पहिले बियर पिए कहिल्यै बिरामी भइँदैन ।’

तथ्य : सामान्यतया मानिसले जति धेरै रक्सी पिउँछ, ह्याङ्ओभर त्यति नै बढ्छ । कुनै व्यक्तिले बियर, वाइन, स्पिरिट वा यिनीहरूको संयोजन पिउने भए पनि ह्याङओभर नै हुन्छ ।

भ्रम : रातमा पिएपछि बिहान रक्सी पिउनाले ह्याङ्ओभरबाट बच्न मद्दत गर्छ ।

तथ्य : यद्यपि यसले अस्थायी रूपमा केही लक्षण कम गर्न सक्छ । तर अस्वस्थ र ह्याङ्ओभरका अन्य लक्षणलाई लामो समय कायम गराउन सक्छ ।

यसबाट बच्ने त्यस्ता उपाय छन् ?

सामाजिक सञ्जालको विभिन्न वेबसाइटमा ह्याङ्ओभर कम गर्न धेरै उपाय उल्लेख गरिएका छन । तर कुनै पनि वैज्ञानिक रूपमा प्रभावकारी साबित नभएको डा. कोइराला बताउँछन् ।

‘ह्याङ्ओभरलाई हटाउन कुनै औषधि छैन । केही समयपछि आफैं हट्न थाल्छ । व्यक्तिले शरीरमा अल्कोहल पच्न, विषाक्त पदार्थ शरीरबाट निस्कन, रिहाइड्रेट हुन,  रक्सीले पोल्न थालेका कोषहरु ठीक हुन र मस्तिष्कका गतिविधिलाई सामान्यमा पुनर्स्थापित गर्न कुर्नुपर्छ, ‘ उनी भन्छन् ।

ह्याङ्ओभरको प्रभाव कम गर्न रक्सीकै मात्रा कम गर्नुपर्छ । जति मात्रा कम गर्‍यो, त्यति ह्याङ्ओभर हुन नपाउने उनको भनाइ छ । मदिरा पिएपछि पानी, कागती र फलफूल खाँदा यसको प्रभाव कम हुन सक्छ तर यसले शरीरलाई दीर्घरोगतर्फ धकेल्नुका साथै लिभर सिरोरिस, नसा ड्यामेज गराउने समस्या समेत हुन सक्ने भएकाले नखान डा. कोइराला सुझाउँछन् ।

रक्सी ह्याङओभर
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भयावह बन्दैछ नसर्ने रोग, कसरी गर्ने रोकथाम ?

भयावह बन्दैछ नसर्ने रोग, कसरी गर्ने रोकथाम ?

‘कर्णालीमा सुत्केरी महिलाले धेरै स्वास्थ्य जटिलता भोगिरहेका छन्’

‘कर्णालीमा सुत्केरी महिलाले धेरै स्वास्थ्य जटिलता भोगिरहेका छन्’

घाँटीमा किन आउँछ गिर्खा ?

घाँटीमा किन आउँछ गिर्खा ?

बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

बच्चामा देखिने निलो नहुने जन्मजात मुटुरोग के हो ?

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

मिर्गौला खराब हुँदा कस्ता लक्षण देखिन्छन् ?

७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ

७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ