+
+
प्रविधि :

संसारकै ठूलो आइफोन : लम्बाई ७ फिट, तौल २ क्विन्टल !

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १४:२१

२० असार, काठमाडौं । पहिलो पटक ५ इन्चको स्क्रिन भएको आइफोन सार्वजनिक हुँदा त्यसले स्मार्टफोनको युगमा नयाँ क्रान्ति ल्याएको थियो र बजारमा चर्चाको केन्द्र बनेको थियो । प्रविधिको तिव्र विकास हुँदै जाँदा स्मार्टफोनको स्क्रिनको साइज बढ्दै गएको छ र वजन घट्दै गएको छ ।

अहिले बजारमा उपलब्ध स्मार्टफोनहरुमा औषतमा स्क्रिनको साइज ६।७ इन्च र वजन अढाई सय ग्राम नै हो । तर के तपाइँले यो दुनियामा ७ फिट लामो स्मार्टफोन पनि हुन्छ भन्ने कुरा पत्याउन सक्नुहुन्छ ? हो, एकजना युट्युबरले संसारकै ठूलो आइफोन तयार गरेका छन् जुन मज्जाले चल्छ पनि ।

म्याथ्यू बिम नामक युट्युबरले सो आइफोन तयार गरेका हुन् । उक्त आइफोन ७ फिट लामो छ भने यसको तौल २ सय २६ केजी छ । अनौठो त के भने यो आइफोन चालू हालतमा छ । यसमा सिमकार्ड राख्ने ठाउँ पनि छ ।

म्याथ्यूले एक भिडियो शेयर गरेका छन् जसमा उक्त फोनको होमस्क्रिन स्क्रोल गरिरहेको देखिन्छ र उनले कगदधबथ कगचनभच गेम पनि खेलेको देखिन्छ ।

तपाइँ हामीलाई के थाहा छ भने कुनै पनि अनधिकृत ग्याजेट वा पार्टस्लाई आइफोनमा प्रयोग गर्दा त्यसले काम गर्दैन । उदाहरणको रुपमा कुनै आइफोनमा अनधिकृत पार्टस् प्रयोग गर्दा आइफोनको टच आइडीले काम गर्दैन । तर म्याथ्यू र उनको टिमले यस्तो बाधालाई हटाउन र आइफोनको उक्त सुरक्षा घेरालाई तोड्न सफल भएका छन् ।

उनीहरुले एउटा टेलिभिजनलाई नै लेजरको मद्दतले टचक्रिस्न बनाइदिएका छन् उक्त आइफोनमा । सो फोनको क्यामराले पनि काम गरिरहेको छ । यो आइफोन बनाउनका लागि उनले ठूलो टिभी र म्याक मिनी कम्प्युटरको प्रयोग गरेका छन् ।

यसअघि  ZHC नामक युट्युबरले ६ फिटको आइफोन बनाएर रेकर्ड राखेका थिए जसलाई म्याथ्यूले तोड्न सफल भएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?