
२० असार, काठमाडौं । मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थाइ घर भई ललितपुरको गोदावरी-१४ बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई ठैबबाट पक्राउ गरेको प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडितलाई जित बहादुर थामा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ६ लाख ६० हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4