+

दाँत माझ्न कस्तो टुथपेस्ट चाहिन्छ ?

२०८० असार  २१ गते १२:५४ २०८० असार २१ गते १२:५४
दाँत माझ्न कस्तो टुथपेस्ट चाहिन्छ ?

‘दैनिक दाँत माझ्नुपर्छ, यो दन्त स्वास्थ्यको लागि अनिवार्य छ ।’ यो हामीले बाल्यकालदेखि नै सुन्दै र गर्दै आएको कुरा हो । धेरैको बिहानी ब्रसमा मन्जन लिएर नै सुरु हुन्छ । दाँत माझ्नको लागि मन्जन आवश्यक छ, भनिन्छ । तर अहिले उठिरहेको प्रश्न के छ भने दाँत माझ्न मन्जन नै चाहिन्छ त ?

दाँत माझ्न मन्जन जरुरी छ । दाँत माझ्न मन्जन चाहिंदैन भन्नु गलत हो । मन्जनमा सोडियम फ्लोराइड, म्याग्नेसियम, एल्युमिनियम हाइड्रोक्साइड, क्याल्सियम हाइड्रोजन फस्फेट, क्याल्सियम कार्बोनेट, सिलिका र हाइड्रोक्सिपाटाइट हुन्छ । यी तत्वले दाँतलाई सफा मात्र होइन स्वस्थ पनि बनाउन पनि भूमिका खेल्छन् ।  जसरी भाँडा माझ्न साबुन जरुरी छ, उसैगरी दाँतमा पनि मन्जन जरुरी छ ।

कहिलेकाहीं परिस्थितिवश मन्जनको उपलब्धता नभएमा त्यस्तो बेला दाँत माझ्दा फरक पर्दैन ।

मन्जनबिना दाँत माझ्न हुँदैन

मन्जन नराखी दाँत माझ्दा मुख ताजा नहुने, कीराले खाने सम्भावना हुने, फोहोर जम्मा हुने, मुख गन्हाउने,  राम्रोसँग घर्षण नहुँदा गिजामा घोचेर घाउ हुने र रगत आउने समस्या देखिन्छ । त्यसैले मन्जबिना दाँत माझ्नु हुँदैन । यसले दाँतलाई सफा पनि बनाउन सक्दैन र लामो समय मन्जनबिना दाँत माझ्दा भएको इनामेल पनि घोटिने भएकाले दाँत कमजोर हुन्छ ।

मन्जनले गर्ने कार्य

मन्जनमा हुने मुख्यतया भूमिका क्याल्सियम, सोडियम र फ्लोराइडको हुन्छ । क्याल्सियमले दाँतलाई खनिज प्रदान गर्ने,  सफा गर्ने र बलियो बनाउन मद्दत गर्छ । सोडियम फ्लोराइडले जमेको फोहोर हटाउनुका साथै दाँतमा कीरा लाग्न दिंदैन । यसमा भएका अन्य तत्वले मुखलाई ताजा बनाउँछ । त्यसैले त दाँत माझेपछि फ्रेस अनुभव हुन्छ । यसले आत्मबल पनि बढाउँछ ।

त्यसभए मन्जन किन्दा के कुरामा ध्यान दिने ?

दाँतलाई फाइदा गर्ने धेरै तत्व भएका मन्जनहरु बजारमा छन् । तर त्यसमा सबैभन्दा प्रमुख क्याल्सियम र  फ्लोराइड हो । त्यसैले मन्जन किन्दा फ्लोराइड र क्याल्सियम भएको हेरेर किन्नुपर्छ । दाँत कमजोर र झनझन् गर्ने समस्या भएका व्यक्तिका लागि बी सेन्सोडाइन मन्जन प्रयोग गर्नुपर्छ। यसमा क्याल्सियम र फ्लोरोराइडसँगै पोटासियम नाइटट्रेट पनि हुन्छ । पोटासियम नाइटट्रेटले सिरिङ्ग हुनबाट रोक्छ । र, दाँतलाई बलियो बनाउन मद्दत गर्छ ।

बालबालिकाको लागि छुट्टै मन्जन

बच्चाको लागि फ्लोराइड कम भएको छुट्टै किसिमको मन्जन प्रयोग गर्नुपर्छ । किनकि बच्चाहरुले मन्जनलाई निल्न पनि सक्छन् । उनीहरुको शरीर फ्लोराइडलाई ग्रहण गर्ने किसिमले बनिसकेको हुँदैन । यस्ता मन्जन बजारमा सहजै पाउन सकिन्छ । त्यससँगै उनीहरुको मन्जनमा विभिन्न किसिमको फलफूलयुक्त फ्लेभर पनि राखिएको हुन्छ । ताकि उनीहरुमा दाँत माझ्न नहिच्काउन र रहर झन् बढोस् ।

वस्यकले माझ्ने फ्लोराइडको मात्रा उच्च भएको मन्जनले बालबालिकामा डेन्टल फ्लोरोसिसको समस्या बढाउने सम्भावना हुन्छ । डेन्टल फ्लोरोसिसले दाँतलाई कमजोर बनाउने, दाँत फुलेर सेतो हुने, पहेंलो र खैरो रङको देखिन्छ । यसले दाँतको स्वस्थतालाई त बिगार्छ । साथै, अनुहारको सुन्दरतामा पनि कमी ल्याउँछ । त्यति मात्र होइन, दीर्घकालीन रुपमा पछि दाँत टुक्रिंदै जाने र प्वाल पर्ने हुँदा क्राउन समेत लगाउनुपर्ने हुन सक्छ । मन्जनले मात्र नभई कतै पानीमा पनि फ्लोराइडको मात्रा उच्च हुन्छ । यसले सबै उमेर समूहमा डेन्टल फ्लोरोसिसको समस्या ल्याउँछ ।

मन्जन प्रयोग गर्ने सही मात्रा

कतिपयले मन्जन ब्रसभरि हालेर माझ्ने गरेको पाइन्छ । यसरी माझ्दा दाँत अत्यन्त चम्किलो हुने धेरैमा भ्रम हुन्छ ।  मन्जन सधैं केराउको दानाको आकार जति मात्रामा मन्जन लिएर बिहान र बेलुकी दाँत माझ्नु अनिवार्य छ । त्यस्तै बालबालिकाको लागि वयस्कले लिने भन्दा अलि कम मात्रामा दिएर ब्रस गर्न र गराउन लगाउनुपर्छ ।

केराउको दाना जति मन्जन राखेर अल्ट्रा सफ्ट टुथब्रसले हलका दबाब दिएर बिहान र बेलुकी दाँत माझ्नुपर्छ । बेलुकी खाना खाइसकेपछि एकपटक र बिहान खाना खाइसकेपछि दाँत माझ्नुपर्छ । कसैले भने बिहान फ्रेस नहुने जस्तो लाग्छ भने उठ्ने बित्तिकै पनि ब्रस गर्न सकिन्छ ।

नुन बेसारले पनि दाँत सफा हुन्छ ?

धेरैजसोले नुन, बेसार र तेलले पनि दाँत माझ्ने गरेको पाइन्छ । आयुर्वेद अनुसार यो पनि उचित हुन सक्छ । किनभने बेसारमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । अल्सर, घाउहरुमा पनि दूध र बेसारको पेस्ट बनाएर प्रयोग हुन्छ । यसले दाँतलाई पनि केही हदसम्म राम्रो गर्ला । दाँतलाई स्वस्थ र सफा बनाउन दैनिक रुपमा मन्जन नै प्रयोग गर्नुपर्छ ।

हुन त विगतमा मन्जनको आविष्कार नहुँदै दाँत माझ्नुपर्छ भन्ने धारणा थियो । त्यसका लागि आफ्नो ठाउँ वरपर जे पाउँछ त्यसलाई नै सदुपयोग गर्दै दाँत माझ्ने गर्थे । जस्तै, बाँसको कलिलो डाठ, दत्युन, अंगारले माझ्ने गर्थे । त्यस समय खानपिन पनि स्वस्थ र प्रदूषित हावापानी थिएन । र, काल्सियम, म्याग्नेसियम जस्ता तत्व प्राकृतिक खानेकुराबाट प्राप्त हुन्थ्यो । तर अहिले पहिला जस्तो वातारण र जीवनशैली छैन । त्यसैले दन्त स्वास्थको लागि मन्जन र नरम ब्रस आवश्यक छ ।

(मुख तथा दन्तरोग विशेषज्ञ डा. श्रेष्ठ कान्तिपुर डेन्टल कलेजको डिपार्टमेन्ट अफ ओरल मेडिसिन एण्ड रेडियोलोजीमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

टुथपेस्ट डा. प्रतीक्षा श्रेष्ठ दाँत
लेखक
डा. प्रतीक्षा श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक