+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रास्वपा र राप्रपाको एकै स्वर : संसदमा हामी पनि छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १६:४२

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा धेरै दलहरू रहेको भन्दै बाइपास नगर्न चुनौती दिएका छन् ।

सोमबार संसद बैठकमा बोल्दै नेताद्वयले संसदमा तीन दल मात्रै नरहेको भन्दै बाइपास गरेर अगाडि नबढ्न चुनौती दिएका हुन् ।

रास्वपा सभापति लामिछानेले संसदलाई तीन दलले बन्धक बनाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

‘यो संसद तीन दलले बन्धक बनाउन मिल्छ ?’ उनले भने, ‘संसदको गरिमालाई केही दलहरूले आफ्नो जुँगाको लडाइँको विषय बनाउनुहुँदैन ।’

सभापति लामिछानेले प्रतिपक्ष र सरकार दुवैले गरेको राम्रो काममा रास्वपाले समर्थन गर्ने बताए । ‘प्रतिपक्षले गरेको राम्रो काममा एक ढिक्का छौं । सरकारले राम्रो काम गरे त्यसको समर्थन गर्छौं’ उनले भने, ‘तर हाम्रो आफ्नै एजेन्डा छन् ।’

उनले संसदले गर्नुपर्ने धेरै काम भए पनि तीन नेताको मूड नचल्दा संसद रोक्ने काम भएको भन्दै आपत्ति जनाए । ‘जनताको मुद्दामा संसद रोकियोस् तर पार्टी र केही नेताको रुचिमा संसद नरोकियोस्’, उनले भने ।

उनले रास्वपालाई बाइपास गरेर आफ्नो भनाइ राख्न नदिएकोमा आपत्ति व्यक्त गरे । प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक रहेकोले त्यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए ।

राप्रपा अध्यक्ष लिङ्देनले तीन दलका नेता बसेर सबै निर्णय नगर्न चेतावनी दिए । ‘हामी केही दलले गरेको निर्णयको भारी बोकेर हिंड्न सक्दैनौं’, उनले भने ।

उनले संसदमा नयाँ विचारको प्रतिनिधित्व गर्ने धेरै दलहरू रहेको स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?