+
+

पाल्पाको सीजी सिमेन्ट उद्योगभित्र १३ कामदार घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १०:२०

४ साउन, पाल्पा । पाल्पाको सर्देवास्थित सीजी सिमेन्ट उद्योग भित्रको भर्याङ खस्दा १३ जना कामदार घाइते भएका छन् ।

बुधबार अपराह्न ४ बजेतिर क्लिङ्कर खस्ने स्थानमा पुराना इँटा हटाइ नयाँ इँटा राख्ने क्रममा भर्याङ खसेर १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरुमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?