
१२ साउन, धनुषा । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरको विवाह मण्डप परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गरेका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवले एक युवतीको संवेदनशील अंगमा समाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए ।
उक्त भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिहरुको खोजतलास भइरहेको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4