+
+

११० इन्चको माइक्रो एलइडी टिभी, मूल्य १ करोड ८२ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १०:५०

एउटा टेलिभिजनको मूल्य अधिकतम कतिसम्म पर्ला ? के तपाईंले झण्डै २ करोड रुपैयाँ मूल्य पर्ने टेलिभिजन पनि बजारमा छ भन्ने कल्पना गर्नुभएको छ ? यति धेरै मूल्यको टेलिभिजन पनि हुन्छ भन्ने सायद हामीलाई थाहै छैन । तर दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले एउटा यस्तो टेलिभिजन बजारमा ल्याएको छ जसको मूल्य नै १ करोड ८२ लाख रुपैयाँ पर्दछ ।

सामसुङको उक्त अल्ट्रा लक्जरियस माइक्रो एलईडी टिभी ११० इन्चको छ । बुधबार भारतीय बजारमा लञ्च गरिएको सो टेलिभिजनको मूल्य १ करोड १४ लाख भारु तोकिएको छ ।

यो टेलिभिजन केवल भिमकाय साइजका कारणमात्रै त्यति महँगो भएको होइन । यसमा अत्याधुनिक अर्थात् नेक्स्ट लेभल प्रविधि तथा फिचर्स उपलब्ध छन् ।

आफ्ना अभूतपूर्व सुविधा तथा टेलिभिजन प्रविधिमा सबैभन्दा नौलो प्रयोगका कारण यसले टेलिभिजन उद्योगमा नयाँ क्रान्ति ल्याउने दाबी सामसुङको छ ।

यो टेलिभिजनमा २४.८ मिलियन माइक्रोमिटर आकारका ultra small एलइडी छन् जसको आकार ठूलो एलईडीको तुलनामा १० प्रतिशत मात्रै हुन्छ ।

यी सबै माइक्रो एलईडीहरुले फरक–फरक खालका यस्ता प्रकाश तथा रंग उत्पन्न गर्दछन् जसबाट उत्कृष्ट गहनता, जीवन्त रङ तथा अत्यधिक प्रष्ट र उज्यालोपना प्राप्त हुन्छ । पृथ्वीमा दोस्रो सबैभन्दा कठोर पदार्थ भनिने सफायरबाट ती माइक्रो एलईडी तयार गरिएको हो ।

माइक्रो एलईडी प्रविधियुक्त यस टिभीमा माइक्रो एलईडी, माइक्रो कन्ट्रयास्ट, माइक्रो कलर, माइक्रो एचडीआर तथा माइक्रो प्रोसेसर छन् जसले निकै उच्च गुणस्तर प्रदान गर्ने दाबी गरिएको छ ।

यसमा self-emitting back light, micro HI processor multi-intelligence AI upscaling, scene adaptive contrast  का साथै Dynamic range expansion plus जस्ता विभिन्न फिचरहरु रहेका छन् ।

साथै यो टेलिभिजनमा मल्टी भ्यू सुविधा पनि रहेको छ जसले १२० एफपिएससम्मको फोर के रिजोलुसनमा चार फरक–फरक एंगलबाट टेलिभिजनको पर्दामा हेर्न सकिने सुविधा प्रदान गर्दछ । यो टेलिभिजन लाइभ गेम हेर्न, टेलिभिजन शो हेर्न वा भिडियो गेम खेल्न सबैका लागि उत्कृष्ट रहेको दाबी सामसुङको छ ।

यो टेलिभिजनको रिमोटमा ब्याट्री चाहिँदैन । यो सोलार सेल रिमोट हो र घरभित्रै छिरेको उज्यालोमा यसको रिमोटको सोलार सेल आफैं चार्ज हुन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?