+

क्यान्सरबाट जोगिन कस्तो खानपान गर्ने ?

२०८० साउन  २३ गते १३:०१ २०८० साउन २३ गते १३:०१
Shares
क्यान्सरबाट जोगिन कस्तो खानपान गर्ने ?

कुनै पनि रोगको प्रमुख कारण खानपान नै हो । किनकि खानपान नमिल्दा पाचन प्रक्रियामा गडबडी हुन्छ र शरीरमा रोग लाग्छ ।

अस्वस्थ खानपान क्यान्सरको पनि कारण बन्न सक्छ । जस्तै मदिरा धेरै सेवन गर्नेलाई मुख, घाँटी र कलेजोको क्यान्सर हुने खतरा हुन्छ भने बोसोयुक्त खानेकुराले आन्द्रामा क्यान्सर हुने जोखिम बढी हुन्छ । आजभोलि प्रायजसो खाना नली र ठूलो आन्द्राको क्यान्सर अत्यधिक मात्रामा देखिन्छ, जुन बोसोयुक्त मासु, तारेको भुटेको, जंकफुड, केमिकल र विषादीयुक्त खानेकुराको दैनिक उपभोग गर्नेलाई देखिन्छ । यसको कुनै अनुसन्धानबाट प्रमाणित भएको छैन ।

क्यान्सर रोगबाट बच्न कस्तो खानपान ?

ताजा खानेकुरा, हरियो सागसब्जी, चुकन्दर, बोक्रासहितको गेडागुडी, झोलिलो खानेकुरा, अण्डा, फलफूल, बोसोरहित मासुसँगै फाइबरयुक्त खानेकुरा खानुपर्छ ।

खान नहुने खानेकुरामा तारेका, भुटेका, अखाद्य रंग राखिएका र प्रिजरभेटिभ हालेका, बट्टा बन्द गरिएका अचार, बासी खानेकुरा, बासोयुक्त मासु, जंकफुड, केमिकल हालेर उत्पादन वा बनाइएका खानेकुरा खानु हुँदैन । यी खानेकुरा क्यान्सर रोगमा मात्र नभई अन्य रोगमा पनि हानिकारक हुन्छ । साथै धुम्रपान, मद्यपान, खैनी, गुट्का, सुर्तीबाट रहनुपर्छ ।

बेसार र लसुन क्यान्सर प्रतिरोधी हुन्छ ?

बेसार र लसुन दैनिक खाँदा क्यान्सरको जोखिम हुने सम्भावना कम हुन्छ । विभिन्न अनुसन्धान अनुसार यो एकदम लाभदायक भएको देखिएको छ । साथै अमेरिकन क्यान्सर सोसाइटी (एसीएस)मा अनुसन्धान भइरहेको छ । तर लसुन वा बेसारकै कारण क्यान्सर नलागेको भनेर कुनै तथ्य वा अनुन्धान गरिएको छैन ।

बेसारमा ‘कुर्कुमिन’ भन्ने तत्व हुन्छ । जसमा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण हुन्छ । यसले शरीरमा क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने काम गर्छ । तर बजारमा पाइने धुलो बेसारमा भने कुर्कुमिन तत्व नै निकालिएको हुन्छ । जसले बेसार खाए वा नखाएकोमा केही फरक पर्दैन । त्यसैले सकेसम्म घरमै उत्पादन गरेर त्यसलाई धुलो बनाएर खान सकिन्छ वा कच्चा पदार्थ किनेर धुलो बनाएर खान सकिन्छ । यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । बिहान वा बेलुका आधा-आधा चम्चा गरी वा एकैपटक सानो एक चम्चा दैनिक खानुपर्छ । यो दूध र पानीसँग सेवन गर्न सकिन्छ । तर हरेक दिन तरकारीमा हालेर खाने बेसार मात्राले भने क्यान्सरको जोखिम न्यूनीकरण गर्दैन ।

त्यस्तै लसुनमा पनि एन्टिइन्फल्यामेरी गुण हुन्छ । यसले शरीरमा भएको इन्जाइम्सलाई बढाएर क्यान्सर पैदा गर्ने कार्सिजेनिक तत्व बढ्नबाट रोक्न मद्दत गर्छ । यसमा धेरै मात्रामा जीवाणुनाशक तत्व हुन्छ जसले शरीरलाई संक्रमणबाट बचाउने र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

अनुसन्धानअनुसार लसुनको सेवनले खानानली, आन्द्रामा हुने क्यान्सरमा विशेष राहत दिन्छ । त्यसो भन्दैमा अन्य क्यान्सरलाई फाइदा गर्दैन भन्ने होइन । यसले अन्य क्यान्सर पनि उत्तिकै फाइदाजनक हुन्छ ।

लसुन टुक्रा नगरी दिनभरिमा चारदेखि पाँच केस्रा खान सकिन्छ । यो पनि लसुनको साइजअनुसार हुन्छ । सकेसम्म लसुन पोलेर वा पकाएरभन्दा पनि काँचै खाँदा उपयुक्त हुन्छ । यदि सकिंदैन भने केस्रा टुक्रा नगरी सिंगै तरकारीमा हालेर सेवन गर्न सकिन्छ । किनकि लसुनलाई टुक्राउँदा वा पिसेर धुलो पर्दा त्यसमा हुने औषधीय गुण कटौती हुने गर्छ । त्यसैले बजारमा सहजै पाइने धुलो वा पिनेको लसुनभन्दा गोटा नै सेवन गर्नु लाभदायक हुन्छ । जसमा औषधीय गुण हुन्छ ।

(क्यान्सररोग विशेषज्ञ डा. आचार्य वीर अस्पतालका विभागीय प्रमुख हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

क्यान्सर खानपान डा. विवेक आचार्य
प्रा. डा. विवेक आचार्य
लेखक
प्रा. डा. विवेक आचार्य
क्यान्सररोग विशेषज्ञ

प्रा. डा. आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । उनले रेडिएसन ओन्कोलोजीमा एमडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २६३४ हो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान