+
+

‘सिंगम अगेन’मा अजयकी बहिनीको भूमिकामा देखिंदै दीपिका

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १६:३३

काठमाडौं । रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ शृंखलालाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा अजय देवगणको सिंघम भूमिका हेर्ने दर्शकहरु सधैं आतुर हुन्छन् ।

अब रोहित सिंघमको तेस्रो शृंखलाको तयारीमा छन् । फिल्ममा अजय नै शीर्ष भूमिकामा रहने तय भइसकेको छ । यस्तोमा फिल्मलाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । ‘सिंघम अगेन’मा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिने भएकी छिन् ।

बलिउड हंगामाका अनुसार दीपिका फिल्ममा लेडी सिंघमको भूमिकामा देखिनेछिन्, जो अजय देवगणकी बहिनी हुनेछिन् । प्रहरी अधिकारीको भूमिकाका लागि दीपिका उत्साहित रहेको र तयारी पनि सुरु गरेको जनाइएको छ । दीपिकाले छायांकनका लागि ३५ देखि ४० दिन दिने जनाइएको छ ।

‘सिंगम अगेन’मा टाइगर श्राफ पनि केमियो भूमिकामा देखिनेछन् । फिल्मको छायांकन आगामी सेप्टेम्बरमा सुरु गरिने र सन् २०२४ को अगस्टमा रिलिज गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?