
२६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ ।
मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । त्यसको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भएको थियो । त्यसपछि बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो ।
लोक सभाका सभामुख ओम बिरलाले बिहीबार बेलुका मोदीविरुद्धको अविश्वास प्रस्ताव ध्वनी मतबाट अस्वीकृत भएको जानकारी गराएका थिए ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री मोदीले मणिपुरमा शान्ति कायम गरेरै छाड्ने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4